अमेरिकामाथि भाइरस उद्गम खोजी सम्बन्धी सर्वेक्षण गरिनुपर्ने
2021-11-01 19:15:33cri
Share with:

अमेरिकामाथि भाइरस उद्गम खोजी सम्बन्धी सर्वेक्षण गरिनुपर्ने_fororder_QQ图片20211101191455

अमेरिकी राष्ट्रिय जासुस संस्था सीईओ कार्यालयले हालै नयाँ कोरोना भाइरस उद्गम खोजी सम्बन्धी ब्याख्या र मूल्यांकन प्रतिवेदन जारी गर्दै पुन: एकपल्ट राजनीतिक तवरबाट भाइरस उद्गम खोजीको पुरानै नाटक देखाउनुका साथै जनमत ठहरको नियन्त्रण गर्न खोजेको छ। तर एकता र सहकार्य भन्ने कुरा विश्व महामारी प्रतिरोधको साझा मतैक्य बनिसकेको अवस्थामा अमेरिकाले मूल प्रवाह विपरीत उल्टो कारवाई चलाएको कुरा एकदमै विवेकहीन देखिन्छ! सो प्रतिवेदनबाट अन्तर्राष्ट्रिय समाजलाई के सम्झाइएको छ भने अमेरिकामाथि भाइरस उद्गम खोजी सम्बन्धी सर्वेक्षण गरिनुपर्छ।

विश्व स्वास्थ्य संगठनको बावजुद स्वतन्त्र रूपमा भाइरस उद्गम खोजी सर्वेक्षण गर्ने अमेरिकाको अधिकार पटक्कै छैन। साथै निकै खराब र बदमास मानिएको अमेरिकी जासुसी विभागद्वारा भाइरस उद्गम खोजी सर्वेक्षण गरिएको कारवाई पनि अत्यन्त्तै अनुचित र गैरवैज्ञानिक रहेको छ। त्यसै कारण अन्तर्राष्ट्रिय जनमतले अमेरिकाको विस्तृत रूपमा आलोचना गर्नु बाहेक चीनले अमेरिकाको पनि कडा शब्दमा विरोध गरेको छ।

हाल ८० भन्दा बढी मुलुकले विश्व स्वास्थ्य संगठनका महाप्रबन्धकलाई सन्देश पठाउने, बक्तव्य प्रकाशित गर्ने अथवा कुरा उठाउने तरिकामार्फत चीन-विश्व स्वास्थ्य संगठनको संयुक्त सर्वेक्षण प्रतिवेदनको संरक्षण गर्ने अडानलाई स्पष्ट रूपमा देखाएका छन्। यसका अतिरिक्त १ सयभन्दा बढी मुलुक र क्षेत्रका ३ सयभन्दा बढी राजनीतिक पार्टी, सामाजिक सोसाइटी र थिङकट्याङकले विश्व स्वास्थ्य संगठनको सचिवालयसमक्ष भाइरस उद्गम खोजी सम्बन्धी सर्वेक्षणलाई राजनीतिकरण गरिने कुराको विरोध गर्ने संयुक्त बक्तव्य पनि पेश गरेका छन्।