चुनौति सामु निर्णायक वास्तविक क्रियाकलाप चलाउनुपर्ने
2021-11-01 19:16:19cri
Share with:

चुनौति सामु निर्णायक वास्तविक क्रियाकलाप चलाउनुपर्ने_fororder_QQ图片20211101191500

अक्टोबर ३१ तारिख बेलुका चीनका राष्ट्राध्यक्ष सी चिन फिङले पैचिङमा भिडियोमार्फत जी बीस मुलुक समूहका नेतागणको सोह्रौं शिखर सम्मेलनलाई सम्बोधन गर्दै चुनौतीको संयुक्त रुपमा सामना गर्न अन्तर्राष्ट्रिय समाजको इच्छा र प्रेरणादायी शक्ति निरन्तर रुपमा बढ्दै आएतापनि निर्णायक रुपमा वास्तविक क्रियाकलाप चलाउनुपर्ने भन्दै आह्वान गर्नुभएको छ। राष्ट्राध्यक्ष सीले मुख्य गरी जलवायु परिवर्तन, उर्जा स्रोत, दिगो विकास लगायत विषयबारे चीनको धारणा प्रष्ट पार्नुभयो। उहाँले प्रस्तुत गर्नुभएको प्रस्ताव वास्तविकता लक्षित र यसको महत्वपूर्ण अर्थ रहेको छ।

जलवायु परिवर्तन र उर्जा स्रोतको सामना गर्नका लागि अन्तर्राष्ट्रिय समाजले कस्तो क्रियाकलाप चलाउनुपर्छ? राष्ट्राध्यक्ष सीले यस पटकको शिखर सम्मेलनमा तीन सूत्रीय प्रस्ताव प्रस्तुत गर्नुभयो। तीन सूत्रीय प्रस्तावमा चौतर्फी तथा सन्तुलित नीति अपनाइनुपर्ने “जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्र संघको प्रारुप सन्धि” र “पेरिस सम्झौता” को व्यावहारिक र प्रभावकारी रुपमा लागू र विकासोन्मुख मुलुकहरुलाई बढी सहायता दिने रहेका छन्।

जलवायु परिवर्तनको सामना गर्न चीनले सधैं वास्तविक गतिबिधि चलाउँदै आएको छ। हाल सार्वजनिक “जलवायु परिवर्तनको सामना गर्ने चीनको नीति र क्रियाकलाप” शीर्षकको श्वेत पत्रमा विगत केही वर्षदेखि चीनले जलवायु परिवर्तनको सामना गर्न प्राप्त गरेका प्रगति र उपलब्धिबारे विस्तृत जानकारी दिइएको छ। शिखर सम्मेलनमा चीनले सन् २०३० सम्म कार्बन उत्सर्जन उच्च विन्दुमा पुग्ने र सन् २०६० सम्म कार्बन न्युनीकरण सून्य हुने लक्ष्य दोहर्‍याएको छ।

शिखर सम्मेलनमा चीनले प्रस्तुत गरेका धारणा र ठोस कदमले जी बीस मुलुक समूहले समानता संकलन गर्न अघि बढाउनुका साथै जी बीस मुलुक समूहले विश्वलाई नेतृत्व गरी चुनौतिको सामना गर्ने र साझा विकासको प्रबर्द्धन गर्ने पक्षमा अरु ठूलो भूमिका खेल्नेछ।