#अल्पसंख्क जाति# विश्वविद्यालयबाट स्नातकपछि तिब्बती मोथोमा व्यवसाय सुरु गर्ने मनपा जातीय विद्यार्थी
2021-11-02 10:23:45cri
Share with:

#अल्पसंख्क जाति# विश्वविद्यालयबाट स्नातकपछि तिब्बती मोथोमा व्यवसाय सुरु गर्ने मनपा जातीय विद्यार्थी_fororder_3(55)

केही वर्षयता तिब्बतमा विश्वविद्यालयबाट स्नातक विद्यार्थीहरूको रोजगारी दबाव बढदैछ। नयाँ सोचसँगै स्वतन्त्र रूपमा व्यवसाय सुरू गर्नु रोजगारको महत्वपूर्ण मञ्च बनेको छ।

तिब्बत स्वायत्त प्रदेशको दक्षिण-पूर्वी भागमा पर्ने मनयु र मोथो क्षेत्रमा १०,५६१ को सङ्ख्यामा मन पा जातीय मानिसहरू बस्छन्। मोथो जिल्लाअन्तर्गत ८०० मिटरको उचाइमा दसिङ नामक मन पा जातीयहरूको बसोबास गाउँ छ। सन् २०२० सम्म उक्त गाउँमा ९५ परिवारका करिब ३८० जना गाउँलेहरू छन्। त्यहाँ मुख्य पेशा भनेको कृषि हो।

२७ वर्षीय लोपु ट्रेरेन द सिङ गाउँको बासिन्दा हुन्। दुई वर्षअघि उनले स छ्वान प्रान्तीय छङ तु विज्ञान तथा प्रविधि विश्वाविद्यालयबाट स्नातक उत्तीर्ण गरेका हुन्। उनले दुईपटक सरकारी कर्मचारीको परीक्षामा भाग लिए तापनि असफल भएका थिए। त्यसैले उनले जन्मथलो फर्केर नयाँ व्यवसाय सुरू गर्ने निर्णय गरेका थिए।