जलवायु परिवर्तनको सामना गर्न वास्तविक कारवाई चाहिने
2021-11-03 17:23:06cri
Share with:

जलवायु परिवर्तनको सामना गर्न वास्तविक कारवाई चाहिने_fororder_IMG_1024(20211103-172217).JPG

चीनका राष्ट्राध्यक्ष सी चिनफिङले नोभेम्बर १ तारिख “संयुक्त राष्ट्र संघको जलवायु परिवर्तन सम्बन्धी प्रारुप सन्धि” को २६ औँ विश्व नेता स्तरीय शिखर सम्मेलनलाई सम्बोधन गर्दै तीनवटा प्रस्ताव प्रस्तुत गर्नुभएको छ। ती तीनवटा प्रस्ताव यस प्रकार छन्: बहुपक्षीय मतैक्यको संरक्षण गर्ने, वास्तविक गतिबिधिमा नजर पुर्‍याउने र हरित परिवर्तनलाई तीव्र पार्ने। उल्लिखित प्रस्तावले विश्व जलवायुको सञ्चालनका लागि योगदान गर्नुका साथै मानव जाति सामु देखा परेको जलवायु समस्याको समाधानका लागि सही दिशा देखाएको छ।

राष्ट्राध्यक्ष सी चिन फिङले वर्तमान समयमा जलवायु परिवर्तनका प्रतिकूल प्रभावहरू बढ्दै गइरहे तापनि विश्वव्यापी रूपमा यसको रोकथामको कार्यले पनि तीव्रता पाइरहेको बताउनुभयो। जलवायु परिवर्तनसँग कसरी लड्ने र विश्व अर्थतन्त्रको पुनरुत्थानलाई कसरी प्रवर्द्धन गर्ने भन्ने कुरा नै हाल सामना गरिरहेको विषय रहेको राष्ट्राध्यक्ष सीले औंल्याउनुभयो।

जलवायु परिवर्तनको सामना गर्नु विश्वव्यापी चुनौती भएकाले पुरै विश्वको वास्तविक कारवाही चाहिन्छ। पेरिस सन्धि कार्यान्वयन चरणमा प्रवेश भएपछि आयोजित पहिलो जलवायु परिवर्तन सम्मेलनको रूपमा रही सो सम्मेलन अवश्नै विभिन्न पक्षहरूका लागि वास्तविक कदमलाई व्यवहारमा उतारिने सुअवसर बन्नुपर्छ।