वैज्ञानिक प्रविधि पुरस्कारमार्फत चीनको आविश्कारको मूल्याङ्कन
2021-11-03 21:04:14cri
Share with:

वैज्ञानिक प्रविधि पुरस्कारमार्फत चीनको आविश्कारको मूल्याङ्कन_fororder_IMG_1025(20211103-205829).JPG

नोभेम्बर ३ तारिख चीनको विज्ञान क्षेत्रको वार्षिक भव्य समारोह अर्थात राष्ट्रिय वैज्ञानिक प्रविधि पुरस्कार २०२० वितरण समारोह पैचिङमा आयोजित भएको छ। राष्ट्रिय वैज्ञानिक प्रविधि पुरस्कार २०२० मा २६४ वटा परियोजना, १० जना वैज्ञानिक र एउटा अन्तर्राष्ट्रिय संगठन छानिएका छन्। तीमध्ये जन गणतन्त्र चीनको विमान डिजाइन गर्ने प्रसिद्ध वैज्ञानिक ९१ वर्षीय कु सोङ फन र अन्तर्राष्ट्रिय आणविक उर्जा क्षेत्रका प्रसिद्ध वैज्ञानिक वाङ ता चुङले राष्ट्रिय सर्वोच्च वैज्ञानिक प्रविधि पुरस्कार जित्नुभएको छ। चीनका राष्ट्राध्यक्ष सी चिन फिङले उहाँहरुलाई पुरस्कार वितरण गर्नुभयो। जसबाट चीन सरकारले विज्ञान सम्बन्धी योग्य व्यक्तिलाई निकै महत्व दिएको पुष्टि हुन्छ।

आविश्कार चीनको विकासलाई डोर्‍याउने पहिलो इन्जिन हो। विगत पाँच वर्षदेखि उदाहरण दिनका लागि चीनमा मानवसहित अन्तरिक्ष कार्य, चन्द्रमाको सर्वेक्षण परियोजना र समुद्रमा वैज्ञानिक सर्वेक्षण कार्य लगायत विज्ञानमा निरन्तर रुपमा महत्वपूर्ण उपलव्धि हासिल भएको छ। “विश्वको आविश्कार सूची २०२०”का अनुसार, सन् २०१५ मा चीन २९ औँ स्थानमा थियो भने सन् २०२० मा चीन १४ औँ स्थानमा उकासिएको छ।

योग्य व्यक्ति विकासको जग हो। अहिले विश्वको सबैभन्दा बढी योग्य व्यक्ति भएको मुलुक चीन हो। चीनका अनुसन्धानकर्ताहरुको संख्या विगत ८ वर्षदेखि निरन्तर रुपमा विश्वको पहिलो स्थानमा रहँदै आएको छ भने सन् २०२० मा अन्तर्राष्ट्रिय सर्वाधिकार सम्बन्धी चिनियाँ वैज्ञानिकहरुको आवेदनको संख्या ६८,७२० रहेको छ, जुन विश्वको पहिलो स्थानमा रहेको छ।

“योग्य व्यक्तिहरु पहिलो स्रोत हुन्”। वैज्ञानिकहरुको विकास गर्नु चिनियाँ नेताले गरेको उच्च परिकल्पना हो। सन् २०२१ को अक्टोबरमा चीनले “विश्वको योग्य व्यक्तिका लागि महत्वपूर्ण केन्द्र र आविश्कार गर्ने स्थल” सम्बन्धी महत्वपूर्ण रणनीतिक लक्ष्य प्रस्तुत गरेको छ।