चीनको रेलद्वारा चीन र विश्वसँग जोड्न गति प्रदान
2021-11-05 15:06:35cri
Share with:

चीनको रेलद्वारा चीन र विश्वसँग जोड्न गति प्रदान_fororder_src=http___tpic_home_news_cn_xhCloudNewsPic_xhpic1501_M04_3D_CD_wKhTlVkCy5qERo-WAAAAAIaQmSQ618_jpg&refer=http___tpic_home_news

हाल चीन यातायातको शक्तिशाली मुलुकको निर्माण गर्ने बाटोमा हिँड्दैछ। चीनको रेलको उच्च गुणस्तरको विकासले महत्वपूर्ण भूमिका निर्वाह गर्दैछ। नयाँ चीनको स्थापना भएको सत्तरी वर्ष खास गरी चिनियाँ कम्युनिष्ट पार्टीको अठारौं महाधिवेशनयता चीनको रेल सञ्जालको परिमाणमा तीब्र रुपमा बृद्धि भएको छ। चीनको रेलको विकासले चीनको अर्थतन्त्र र समाजको विभिन्न क्षेत्रको विकासलाई बढाउनुका साथै चीनलाई विश्वसँग जोड्नका लागि योगदान दिएको छ।

“मोबाइल फोनद्वारा रेल टिकटको खरीद गर्न र फिर्ता लिनसकिन्छ। पहिले दुई दिने यात्रा हाल चार घण्टामा छोटिएको छ। विहान मेरो शहरबाट प्रस्थान गर्छु। पैचिङ पुगेपछि काम पूरा गरेपछि म बेलुकी मेरो शहर फर्कँछु।”

सन् २०११ पैचिङ-शांगहाई द्रुत गतिको रेल संचालन भयो। छ वर्षपछि “फुसिङ नम्बर” द्रुत गतिको रेल पैचिङ-शांगहाई रेलमार्गमा हरेक घण्टा ३५० किलोमिटरको गतिले संचालन भयो। यो रेल संचालन भएपछि यात्रुको यात्रा विचार र जीवन शैलीमा परिवर्तन भएको छ।