आणविक पनडुब्बी दुर्घटनामा अमेरिकी सेनाले केही तथ्य लुकाएको हो?
2021-11-05 18:02:18cri
Share with:

आणविक पनडुब्बी दुर्घटनामा अमेरिकी सेनाले केही तथ्य लुकाएको हो?_fororder_IMG_1034(20211105-175334).JPG

अमेरिकी नौ सेनाले हाल “कन्नेक्टिकट” आणविक पनडुब्बी ठोक्किएको दुर्घटनाको छानबीन प्रतिवेदन जारी गर्दै त्यो पनडुब्बी समुद्रमुनि रहेको एउटा अज्ञान पहाडसँग ठोक्किएकाले ध्वस्त भएको दाबी गरेको छ। तर उक्त प्रतिवेदनमा पनडुब्बीको यात्रा नक्सा, दुर्घटना उत्पन्न स्थल, त्यसबाट आणविक चुहिएको छ कि? दक्षिण चीन सागरको सान्मुद्रिक वातावरणमा हानी पुर्‍याइएको छ कि छैन भन्ने शृंखलाबद्ध महत्वपूर्ण विषयबारे स्पष्टसँग जानकारी दिइएको छैन। त्यस दुर्घटनाका बारेमा अमेरिकी सेनाले केही तथ्य लुकाउन खोजेको छ र?

दक्षिण चीन सागरीय क्षेत्रको शान्ति र स्थिरता तथा अन्तर्राष्ट्रिय पानी जहाज लाइनको सुरक्षाको संरक्षणका लागि अमेरिकाले बाह्य जगतका लागि सबभन्दा चासो भएका दुईवटा प्रश्नको जवाफ दिनुपर्छ।

पहिलो प्रश्न: “कन्नेक्टिकट” आणविक पनडुब्बी त्यहाँ आउनाको उद्देश्य के हो? केही विश्लेषणका अनुसार, चीन र अमेरिका बीच प्रतिस्पर्धा सबल हुँदै गएको मुख्य पृष्ठभूमिमा चीनको दक्षिण चीन सागरीय क्षेत्रको सैनिक जासुसी गर्नका लागि “कन्नेक्टिकट” आणविक पनडुब्बी त्यहाँ आएको हो।

दोस्रो प्रश्न: उक्त पनडुब्बी दुर्घटनाबाट आणविक रसायन चुहिएको छ कि?

उक्त दुर्घटना सम्बन्धी अनेकन शंकास्पद विषयहरूमा पुरै विश्वको नजर पुगेको छ। अमेरिकी सेनाले चुप लाग्नुको सट्टा एउटा स्पष्ट जवाफ दिनुपर्छ।