“कननेक्टिकट” आणविक पनडुब्बी जहाजले दक्षिण चीन सागरमा गरेको जासुसी कार्यको खोज्ने अधिकार यस क्षेत्रका मुलुकसँग छ
2021-11-05 20:35:03cri
Share with:

“कननेक्टिकट” आणविक पनडुब्बी जहाजले दक्षिण चीन सागरमा गरेको जासुसी कार्यको खोज्ने अधिकार यस क्षेत्रका मुलुकसँग छ_fororder_IMG_1038(20211105-203409).JPG

“कननेक्टिकट” आणविक पनडुब्बी जहाज दुर्घटना भएको हुनाले सो पनडुब्बी जहाजका क्याप्टेन लगायत तीन जना प्रमुखलाई पदबाट निस्कासन गरिएको छ। तथापि यस पटकको दुर्घटनाको सत्यतथ्यबारे अमेरिकी सेनाले “समुद्रमुनि रहेको पहाडमा ठोकिएको” कारणबाहेक अरु व्याख्या गरेको छैन। विशेष गरी बाह्य क्षेत्रले ध्यान दिने आणविक उर्जा चुहिएको समस्याबारे कुनै पनि शब्द बोलेको छैन। “कननेक्टिकट” आणविक पनडुब्बी जहाजले दक्षिण चीन सागरमा के बिगार गरेको छ? चीन र दक्षिण चीन सागर वारिपारिका मुलुकहरुको त्यसको सत्यतथ्य खोज्ने अधिकार छ।

ह्वाइट हाउस र पेन्टागनले सैनिक कारवाहीको महत्व आतंककारी विरुद्ध युद्धबाट ठूला मुलुकहरु बीचको प्रतिस्पर्धामा परिणत गरेपछि अमेरिकी नौ सेना “रणनीतिक प्रतिद्वन्द्वी”लाई त्रास-धम्की दिने अग्रज बनेको छ। अमेरिकी नौ सेनाको आणविक पनडुब्बी जहाज समुद्रमुनि अरुमाथि आक्रमण गर्ने मुख्य शक्ति हुनुका साथै अरु देशको समुद्री शक्ति र सैनिक प्रबन्धको अनुगमन गर्ने जासुसी पनि हो। त्यसैले “कननेक्टिकट” आणविक पनडुब्बी जहाजले दक्षिण चीन सागरमा अरुलाई देखाउन नसक्ने जासुसी गतिबिधि गरेको सम्भावना ठूलो छ।

त्यसका अतिरिक्त, यस पटकको दुर्घटनाबाट आणविक उर्जा चुहिने जोखिम हुन सक्नेछ। यो कुराबाट अन्तर्राष्ट्रिय समाज चिन्तित छ। सैनिक विशेषज्ञका अनुसार, आणविक पनडुब्बी जहाज दुर्घटनामा परेपछि आणविक प्रदुषण हुनसक्छ, यदि “कननेक्टिकट” साँच्चै समुद्री पहाडसँग ठोकिएको भएमा अरु खतरनाक हुनेछ।

दक्षिण चीन सागरको सुरक्षाको संरक्षण गर्नु यस क्षेत्रमा रहेका मुलुकहरुको साझा जिम्मेवारी हो। “कननेक्टिकट” आणविक पनडुब्बी जहाज ठोकिएको दुर्घटनाप्रति यस क्षेत्रमा रहेका मुलुकहरुले जानकारी पाउनुपर्छ र त्यसको अनुगमन र कारवाही गर्ने अधिकार हुनुपर्छ। सो दुर्घटनापछि अमेरिकाले दिएको तथाकथित छानबीन प्रतिबेदन विश्वासनीय छैन। त्यसैले दक्षिण चीन सागर वारिपारिक मुलुकहरुले त्यसमाथि गहन छानबिन गर्ने अधिकार राख्छन्। जसबाट प्रभावकारी कदम चालेर समुद्री सुरक्षाको संरक्षण गर्न सकियोस्। अमेरिकाले दक्षिण चीन सागरमा ढुवानीको प्रभुत्व गरेको कुरा यस क्षेत्रको सुरक्षाका लागि सबैभन्दा ठूलो जोखिम बनेको छ।