चिनियाँ अन्तर्राष्ट्रिय एक्स्पो विश्वको अपेक्षामा रहेको खुला आवाज
2021-11-05 18:03:18cri
Share with:

चिनियाँ अन्तर्राष्ट्रिय एक्स्पो विश्वको अपेक्षामा रहेको खुला आवाज_fororder_IMG_1033(20211105-175321).JPG

“चालु वर्ष हामी निरन्तर चार पटक सहभागी भएका छौं। हामी चिनियाँ अन्तर्राष्ट्रिय एक्स्पोमा प्रदर्शन गर्ने व्यवसायबाट चीनमा बढी लगानी गर्ने व्यवसाय बनेका छौं।” चिनियाँ अन्तर्राष्ट्रिय एक्स्पोमा सहभागी भएको उपलब्धिबारे चर्चा गर्दा अमेरिकी क्वाकाम कम्पनीको चिनियाँ शाखाका प्रबन्धक मङ फु धेरै गदगद हुनुभएको छ। उहाँलाई अरु बढी प्रोत्साहन दिइएको कुरा चीनका राष्ट्राध्यक्ष सी चिन फिङले नोभेम्बर ४ तारिख भिडियोमार्फत चौथो चिनियाँ अन्तर्राष्ट्रिय एक्स्पोलाई सम्बोधन गर्दा तीनटा निरन्तरता व्यक्त गर्नुभयो।

“चीनले उच्च स्तरीय खुलापनको विस्तार गर्ने अठोटको निरन्तरता छ, चीनले विश्वसँग विकासको अवसर बाँड्ने अठोटको निरन्तरता छ, आर्थिक विश्वव्यापिकरणलाई अरु खुला, सहनशील, व्यापक लाभ हुने र साझा जीत हुने” विकासलाई अघि बढाउने अठोटको निरन्तरता छ।” यो घोषणा विश्वका व्यवसायहरुका लागि सबैभन्दा बढी अपेक्षामा रहेको आवाज हो।

खुलापन वर्तमानको स्पष्ट प्रतीक हो। विशेष गरी विश्व व्यापार संगठनमा चीनको संलग्नता भएको बीस वर्षदेखि चीनले आफ्नो वचनबद्धता चौतर्फी रुपमा अपनाएर खुला स्तरको निरन्तर रुपमा विस्तार गर्दै आएको छ। जसबाट स्वदेशको विकास हुन पुग्नुका साथै विश्व अर्थतन्त्रलाई पनि अघि बढाएको छ।

चीनको विकास विश्वसँग छोड्नुहुँदैन, विश्वको विकास चीनसँग छोड्नु पनि हुँदैन। हाल चीनमा एक अर्ब ४० करोड जनसंख्या छ। तीमध्ये चालीस करोड मध्यम आय जनसंख्या रहेका छन्। हरेक वर्ष चीनले आयात गर्ने मालसामान र सेवाको मूल्य करिब पचीस खर्ब अमेरिकी डलर रहेको छ। चालु वर्ष एक सय सत्ताइस वटा मुलुक र क्षेत्रका करिब तीन हजार व्यवसाय चीन अन्तर्राष्ट्रिय आयात एक्स्पोमा सहभागी भएका छन्। तिनीहरु पाँच महाद्वीपका विकसित मुलुक, विकासोन्मुख मुलुक र सबैभन्दा विपन्न मुलुकहरुबाट आएका हुन्। झन् झन् ठूलो पैमाना भएको चिनियाँ अन्तर्राष्ट्रिय आयात एक्स्पोमा चिनियाँ बजारप्रति चिविश्वका व्यवसायहरुको विशाल आकर्षण रहेको देखिन्छ।