चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समितिको छैठौं पूर्ण बैठक शुरू
2021-11-08 14:19:07CRI
Share with:

चिनियाँ कम्युनिष्ट पार्टी १९औं केन्द्रिय समितिको छैठौं पूर्ण बैठक नोभेम्बर ८ तारिख बिहान पैचिङमा शुरू भएको छ। केन्द्रिय समितिका महासचिव सी चिनफिङले राजनैतिक आयोगको तर्फबाट कार्यप्रतिवेदन प्रस्तुत गर्नुभएको छ। साथै उहाँले ‘ पार्टीको एक सय वर्षमा हासिल गरिएको महत्वपूर्ण उपलब्धि तथा ऐतिहासिक अनुभव सम्बन्धि चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समितिको निर्णय’ बारे पनि व्याख्या गर्नुभएको छ।