अफगानिस्तानी सल्लाको फलको चीनमा राम्रो बिक्री-----
2021-11-09 17:08:57CRI
Share with:

अफगानिस्तानी सल्लाको फलको चीनमा राम्रो बिक्री-----_fororder_QQ图片20211109170812

चलिरहेको चौथो चीन अन्तर्राष्ट्रिय आयात एक्स्पोमा अफगानिस्तान सल्लाको फल तातो बिक्री भइरहेको छ। ६ तारिखको साँझ सिएमजीको आयात एक्सपोको विशेष प्रत्यक्ष प्रसारणमा १ लाख २० हजार क्यानको अफगानिस्तान सल्लाको फल बिक्री भयो। चिनियाँ नेटिजन्सहरूले सन्देशमा भनेका छन्: "युद्धबाट बाँचेका मानिसहरूलाई मद्दत गर्न यो राम्रो कुरा हो" र "आज राति केही सल्लाको फल किन्नुहोस्,अफगान जनताका लागि यो सजिलो छैन।"

यस वर्ष अफगानिस्तानमा सल्लाको फलको राम्रो फसल भए पनि महामारी र स्थानीय अवस्थाका कारण बिक्रीमा कठिनाइ भइरहेको छ। चिनियाँ पक्षले अफगानिस्तानी किसानहरूका लागि विशेष रूपमा "सल्लाको फल सम्बन्धित एयर करिडोर" खोलेको छ, जसले उच्च गुणस्तरको अफगानिस्तानी सल्लाको फलहरू चीनभरका सपिङ मल र सुपरमार्केटहरू प्रवेश गर्न अनुमति दिएको छ र चीन अन्तर्राष्ट्रिय आयात एक्सपोको प्रत्यक्ष प्रसारण कोठामा पनि प्रवेश गरिएका छन्।

अफगानिस्तानी सल्लाको फलको १ लाख २० हजार क्यान चीन अन्तर्राष्ट्रिय आयात एक्सपोमा छोटो समयमै बिक्री भएको यो संयोग होइन। यो विकासोन्मुख देशहरू विशेष गरी कम विकसित देशहरूका लागि चीन अन्तर्राष्ट्रिय आयात एक्सपोको बिक्री प्लेटफर्मको स्थापनाको परिणाम हो। र यो चीनको लागि साँचो बहुपक्षीयता कायम राख्न र विश्वसँग बजार अवसरहरू साझा गर्न अपरिहार्य लाभ हो।

अफगानिस्तानी सल्लाको फलको चीनमा राम्रो बिक्री-----_fororder_QQ图片20211109170821

चीनको दृष्टिकोणमा सबै देशको मिलेर विकास गर्नु नै वास्तविक विकास हो र सबैको साझा समृद्धि नै वास्तविक समृद्धि हो। "शेयर" सधैं चीन अन्तर्राष्ट्रिय आयात एक्सपोको विषयवस्तु भएको छ। यस वर्ष ३३ अति कम विकसित देशका करिब ९० कम्पनीले चीन अन्तर्राष्ट्रिय आयात एक्सपोको प्रदर्शनीमा सहभागिता जनाएका छन्। विगतका वर्षहरूमा जस्तै चीनले यी उद्यमहरूलाई पर्याप्त सुविधा प्रदान गरेको छ। चीन अन्तर्राष्ट्रिय आयात एक्सपोले कम विकसित देशहरूलाई बहुपक्षीय व्यापार प्रणालीमा एकीकृत गर्न दुर्लभ प्लेटफर्म प्रदान गर्दछ।

संयुक्त राष्ट्र संघ अन्तर्गत व्यापार विकास समितिका महासचिव रेबेका ग्रिनस्पेनले औंल्याउनुभयो, “चीन धेरै विकासोन्मुख देशहरूको प्रमुख व्यापारिक साझेदार हो र विश्वका कम विकसित देशहरूको निर्यात व्यापारको २०% चीनसँग सञ्चालन हुन्छ, चीन अन्तर्राष्ट्रिय आयात एक्सपो चार वर्षसम्म चल्यो, यो यति सफल भएको देख्दा धेरै खुसी छ।”