चीन अन्तर्राष्ट्रिय आयात एक्स्पोको जीवन्तताले विदेशी व्यापारीहरूलाई आकर्षित गरेको छ
2021-11-10 20:57:10CRI
Share with:

चीन अन्तर्राष्ट्रिय आयात एक्स्पोको जीवन्तताले विदेशी व्यापारीहरूलाई आकर्षित गरेको छ_fororder_01

"एउटा रूसी खाद्य उत्पादकले चीन अन्तर्राष्ट्रिय आयात एक्स्पोको अनलाइन विक्रीमा केही सेकेन्डमा लाखौं चिनियाँ युआन बनायो।” “रूसी पत्रिका" ले हालै यस्तो सार व्यक्त गरेको लेख प्रकाशित गरेको छ। सिङ्गापुरका" जाओबाओ" ले एउटा लेख प्रकाशित गर्दै लेखेको छ कि चीनमा ठूलो संख्यामा धनी व्यक्तिहरूले सिङ्गापुरका कम्पनीहरूलाई अनौठो व्यापार अवसर प्रदान गर्दछ।

बीस वर्ष पहिले सन् २००१ को नोभेम्बर १० तारिख, विश्व व्यापार संगठनको चौथो मन्त्रीस्तरीय सम्मेलनले विश्व व्यापार संगठनमा चीनको प्रवेशको लागि कानूनी दस्तावेज पारित गरेको थियो। यो अन्ततः चीन विश्व व्यापार संगठनको सदस्य बनेको सङ्केत थियो। यो महत्त्वपूर्ण वार्षिकोत्सव चौथो चीन अन्तर्राष्ट्रिय आयात एक्स्पोको समापन दिनसँग मिलेको छ, जसले निकै महत्वपूर्ण अर्थ बोकेको छ। यो चीन अन्तर्राष्ट्रिय आयात एक्स्पोले विगत २० वर्षमा विश्व व्यापार संगठनमा चीनको प्रवेशका उपलब्धिहरू देखाउनका लागि एउटा महत्वपूर्ण झ्याल बनेको छ।

चीन अन्तर्राष्ट्रिय आयात एक्स्पोको जीवन्तताले विदेशी व्यापारीहरूलाई आकर्षित गरेको छ_fororder_02

महामारी प्रकोपपछि सिङ्गापुरले कुनै खाद्य प्रदर्शनीहरूको आयोजना गरेको छैन, र धेरै जसो अन्तर्राष्ट्रिय प्रदर्शनीहरू पनि बन्द भएको छ। यस सन्दर्भमा, चीन अन्तर्राष्ट्रिय आयात एक्स्पो निर्धारित समय आयोजना भयो, जुन सिङ्गापुरका कम्पनीहरूका लागि उच्च गुणस्तरका साझेदारहरूसम्म पुग्ने दुर्लभ अवसर बनेको छ। सिङ्गापुर मात्रै होइन अरु धेरै देशले यस प्लेटफर्मबाट फाइदा उठाएका छन्। १००० भन्दा बढी चिनियाँ र विदेशी कम्पनीहरूमध्ये २०० भन्दा बढी कम्पनीहरूले "बेल्ट एण्ड रोड" का देशहरूबाट ठूलो संख्यामा अर्डरहरू प्राप्त गरेका छन्। यो वर्षको एक्स्पोमा लगभग २०० अमेरिकी कम्पनीहरूले भाग लिएका छन् र यो संख्याले नयाँ रेकर्ड बनाएको छ।

स्पष्ट रूपमा विदेशी कम्पनीहरूले चिनियाँ बजारको आकर्षणलाई अस्वीकार गर्न सक्दैनन्। चीनको विशाल बजार, आर्थिक पुनरुत्थानबाट उत्पन्न भएको ठूलो माग र उच्च गुणस्तरीय विकासतर्फको परिवर्तनले विश्वका लागि ठूलो संख्यामा अर्डरहरू सिर्जना गरेको छ। साथसाथै यसले विभिन्न देशहरूलाई महामारीमाथि विजय हासिल गर्न गति पनि प्रदान गरेको छ।