चीनद्वारा एसिया-प्रशान्त क्षेत्रलाई अघि बढ्न सहयोग
2021-11-11 19:51:22CRI
Share with:

चीनद्वारा एसिया-प्रशान्त क्षेत्रलाई अघि बढ्न सहयोग_fororder_01

"एशिया हाम्रो प्राकृतिक बजार हो र त्यहाँ हाम्रा सबैभन्दा महत्वपूर्ण व्यापार साझेदारहरू छन्।" चिलीको विदेश मन्त्रालयका अन्तर्राष्ट्रिय आर्थिक मामिला उपमन्त्री रोड्रिगो यानेजले भन्नुभयो।

विश्व अर्थतन्त्रको महत्वपूर्ण वृद्धि ध्रुवको रूपमा एसिया-प्रशान्त क्षेत्र महामारी र बाह्य राजनीतिक कारकहरूद्वारा परीक्षण भइरहेको छ। के यसले आफ्नो फाइदालाई निरन्तरता दिन सक्छ? ११ तारिखका दिन चिनियाँ राष्ट्राध्यक्ष सी चिन फिङले एपेक शिखर सम्मेलनमा सम्बोधन गर्नुभयो। उहाँले भाषणमा दृढ जवाफ दिनुभयो: "विश्व परिस्थिति जतिसुकै विकसित भए तापनि एसिया-प्रशान्त अर्थतन्त्रको लचिलोपन र बलियो गतिको फाइदाहरू परिवर्तन हुनेछैनन्।"

सन् २०१३देखि राष्ट्राध्यक्ष सी चिन फिङले धेरै पटक सम्बोधन दिनुभएको छ र एपेकको विकासमा निरन्तर बुद्धि र प्रस्तावहरू योगदान गर्नुभएको छ। यस पटकको शिखर सम्मेलनको मुख्य भाषणमा सी चिन फिङले सबै पक्षहरूलाई एसिया-प्रशान्त क्षेत्रमा साझा भविष्यसहितको समुदाय निर्माण गर्ने लक्ष्यतर्फ दृढतापूर्वक अघि बढ्न आह्वान गर्नुभयो। यसका साथै उहाँले "महामारी विरुद्ध लड्न", “खुला सहयोग”, "हरित रूपान्तरणलाई बढावा दिन", "सक्रिय रूपमा नवाचार प्रवर्द्धन गर्न” यी चार पहललाई प्रस्तुत गर्नुभयो। यसले एशिया-प्रशान्त क्षेत्रको विकास समस्याहरू समाधान गर्न एक राम्रो उपाय योगदान गरेको छ र एशिया-प्रशान्त क्षेत्रलाई वास्तवमै आवश्यक पर्ने व्यवस्था कायम राख्ने दिशा औंल्याउनुभयो।

चीनद्वारा एसिया-प्रशान्त क्षेत्रलाई अघि बढ्न सहयोग_fororder_02

यो वर्ष एपेकमा चीनको प्रवेश भएको ३०औँ वार्षिकोत्सव हो। विगत ३० वर्षमा चीन विस्तारै खुलापनको निरन्तर विस्तारको माध्यमबाट प्रारम्भिक सहभागीबाट एपेक विकासको नेता र प्रवर्द्धक बन्न पुगेको छ। विशेष गरी सी चिन फिङले धेरै पटक एपेक अनौपचारिक नेताहरूको बैठकमा भाग लिनुभएको छ र एशिया-प्रशान्त क्षेत्रमा साझा भविष्य भएको समुदाय निर्माण गर्ने प्रस्ताव राख्नुभएको छ, जसले क्षेत्रीय र विश्वव्यापी विकासलाई बलियो रूपमा बढावा दिएको छ।