राष्ट्राध्यक्ष सी चिनफिङः एशिया-प्रशान्त क्षेत्र मर्मविपरित पृथक अवस्थामा र शीत युद्धको स्थितिमा फर्किनु पर्दैन
2021-11-11 10:45:43cri
Share with:

नोभेम्बर ११ तारिख चीनका राष्ट्राध्यक्ष सी चिनफिङले भिडियो मार्फत् एशिया-प्रशान्त क्षेत्रको आर्थिक सहयोग संगठन उद्योग वाणिज्य नेतागण शिखर सम्मेलनमा भाग लिँदै ‘दिगो विकासको निरन्तरता दिँदै एशिया-प्रशान्त संयुक्त भाग्य समुदायको संयुक्त निर्माण गरौँ’शीर्षकमा सम्बोधन गर्नुभएको छ।

राष्ट्राध्यक्ष सीले विश्व परिस्थिति परिवर्तन भए तापनि एशिया-प्रशान्त क्षेत्रको आर्थिक जीवन्तता र शक्तिशाली श्रेष्ठता परिवर्तन नहुने भन्दै विभेदपूर्ण व्यवहारलाई छोड्न उहाँले जोड दिनुभएको छ। साथै उहाँले विचारधाराको भिन्नताअनुसार शत्रु र साथीको विभाजन गर्न नहुने भन्दै भूराजनीतिक दलको स्थापनाको भविष्य नहुने र एशिया-प्रशान्त क्षेत्र मर्मविपरित पृथक अवस्थामा र शीत युद्ध स्थितिमा फर्किनु नपर्ने औँल्याउनुभएको छ।