ताइवान मुद्दामा अमेरिकाको दृष्टिकोण आगोसँग खेल्नु बराबर
2021-11-12 18:48:52CRI
Share with:

ताइवान मुद्दामा अमेरिकाको दृष्टिकोण आगोसँग खेल्नु बराबर_fororder_01

अमेरिकी विदेश मन्त्री ब्लिन्केनले केही दिन अघि एक अन्तर्वार्तामा ताइवान आत्मरक्षा गर्न सक्षम छ भनी सुनिश्चित गर्ने अमेरिकाको प्रतिवद्धता रहेको बताउनुभएको थियो। तर गत महिनाको अन्त्यमा भएको चीन-अमेरिका उच्चस्तरीय बैठकमा उहाँले “अमेरिकाले एक चीन नीतिलाई निरन्तरता दिने” बताउनुभयो।

हालैको अवधिमा ताइवान जल-डमरुको परिस्थिति चर्केर तनाव बढ्दै गएको छ। यो कारण के हो भने एकातिर, ताइवानका अधिकारीहरूले "ताइवान स्वतन्त्रता" गतिविधिहरूको लागि ठाउँ विस्तार गर्ने व्यर्थ प्रयासमा एक-चीन ढाँचालाई बारम्बार तोड्न खोजेका छन्, अर्कोतर्फ, "ताइवान स्वतन्त्रता" बलहरूलाई अमेरिकी राजनीतिज्ञहरूले सहयोग र समर्थन गरेको छ।

एक चीन सिद्धान्तलाई मान्यता दिने र समर्थन गर्ने विश्वका १८० देश छन्, यो नै वास्तविक अन्तर्राष्ट्रिय सहमति हो। ब्लिन्कनले यो हेर्नुपर्छ। अमेरिकाद्वारा एकपक्षीय रूपमा लागू गरिएको "ताइवान सम्बन्ध ऐन" ले तीनवटा चीन-अमेरिका संयुक्त विज्ञप्तिमा गरेको प्रतिवद्धताको उल्लङ्घन गर्दछ। यसले अमेरिकाको आन्तरिक कानूनलाई अन्तर्राष्ट्रिय दायित्वभन्दा माथि राख्छ र अवैध छ।

ताइवान मुद्दामा अमेरिकाको दृष्टिकोण आगोसँग खेल्नु बराबर_fororder_02

यसबाहेक धेरै विज्ञहरूले औंल्याएका छन् कि ताइवान अमेरिकाको मुख्य हित होइन र अमेरिकाको तथाकथित "रक्षा ताइवान" वचनवद्धता "स्पष्ट रूपमा सत्य होइन।"

चिनियाँ कम्युनिष्ट पार्टीको १९औं केन्द्रीय समितिको छैटौं पूर्ण बैठकको घोषणा गरिएको विज्ञप्तिमा स्पष्ट रूपमा भनिएको छ कि यसले एक चीन सिद्धान्त र "९२ सहमति" लाई पालना गर्दछ, "ताइवान स्वतन्त्रता" पृथकतावादी कार्यहरूको दृढतापूर्वक विरोध गर्दछ, र बाह्य शक्तिहरूको हस्तक्षेपको दृढतापूर्वक विरोध गर्दछ। यसले राष्ट्रिय सार्वभौमसत्ता, सुरक्षा र विकास हितको रक्षा गर्न चीनको दृढ संकल्प र अडानलाई स्पष्ट रूपमा देखाउँछ।