चिनियाँ कम्युनिष्ट पार्टी, केन्द्रीय समितिको पूर्ण बैठकको महत्वपूर्ण भावार्थ
2021-11-12 17:24:35CRI
Share with:

चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको छैठौं पूर्ण बैठकको सबैभन्दा महत्वपूर्ण उपलब्धि 《चिनियाँ कम्युनिष्ट पार्टी, केन्द्रीय समितिको पार्टीको सय वर्षको सङ्घर्षमा हासिल गरेका प्रमुख उपलब्धिहरू र ऐतिहासिक अनुभव सम्बन्धी प्रस्ताव》पारित गर्नु हो।

आज १२ तारिख चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिद्वारा आयोजना भएको पत्रकार सम्मेलनमा केन्द्रीय समितिको प्रचारप्रसार कार्य जिम्मेवार वहन गर्नुभएका उपमन्त्री वाङ स्याउ ह्वीले उक्त कुरा बताउनुभएको हो। उहाँका अनुसार चिनियाँ कम्युनिष्ट पार्टी स्थापना भएको एक सय वार्षिकोत्सवको उपलक्ष्यमा उक्त छैठौं बैठकले कम्युनिष्ट पार्टीको सयौं वर्षको प्रयासको महत्वपूर्ण उपलब्धि र ऐतिहासिक अनुभवलाई सारांश गरेको छ।

‘यो ऐतिहासिक तथा रणनीतिक निर्णय हो भने जसबाट कम्युनिष्ट पार्टीले प्रारम्भिक कार्यभारलाई विचारमा राख्दै द्दढ विशास र जिम्मालाई कायम राख्दै जाने अभिव्यक्त भएको छ, उहाँले भन्नुभयो, ‘विश्वास छ यस पूर्ण बैठकले कम्युनिष्ट पार्टीको एकीकृत विचार,सिद्धान्त र कार्वाहीलाई प्रवर्द्धन गर्ने छ।’