#समाचार सन्दर्भ# इतिहासको सन्दर्भमा चीनको भविष्यको सिर्जना गरिँदै
2021-11-12 18:33:29CRI
Share with:

#समाचार सन्दर्भ# इतिहासको सन्दर्भमा चीनको भविष्यको सिर्जना गरिँदै_fororder_1128055386_16366355969771n

सबैलाई थाहा छ, राम्रो नतिजा प्राप्त गर्नका लागि नियमित समयमा अनुभवको निचोड निकाल्नुका साथै गल्तीलाई सच्याउँदै उपलब्धीलाई सुदृढ पार्नुपर्छ। नियमित रूपमा निष्कर्ष निकालेर भविष्यमा अझ प्रगति हासिल गर्न सकिन्छ।

नोभेम्बर ८ तारिखदेखि ११ सम्म, ९ करोडभन्दा बढी सदस्य भएको विश्वको सबैभन्दा ठूलो राजनीतिक पार्टी चिनियाँ कम्युनिष्ट पार्टीले  १९औं केन्द्रीय समितिको छैटौं पूर्ण बैठकको आयोजना गरेको छ। उक्त बैठकले   “पार्टीको शतवार्षिक संघर्षमा ठूला उपलब्धि तथा ऐतिहासिक अनुभवबारे  चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको निर्णय” पारित गरेको छ। यो बैठकले चीनको विकास दिशा औंल्याएको मात्र नभई, विश्वका लागि चिनियाँ राजनीतिलाई अवलोकन गर्ने, अनुभव गर्ने र चीनको भविष्य बुझ्ने एउटा झ्याल पनि बनेको छ।

#समाचार सन्दर्भ# इतिहासको सन्दर्भमा चीनको भविष्यको सिर्जना गरिँदै_fororder_src=http___www.sh.xinhuanet.com_138654988_15772450300281n.png&refer=http___www.sh.xinhuanet

चिनियाँ कम्युनिष्ट पार्टीले शताब्दीको प्रयासबाट चिनियाँ राष्ट्रको हजारौं वर्षको इतिहास उतराधिकार गरेर सफलताका साथ चिनियाँ शैलीको आधुनिकीकरणको बाटोलाई अघि बढाउनुका साथै विकासोन्मुख देशका लागि आधुनिकीकरणको बाटो विस्तार गरेको छ। सो क्रममा चिनियाँ कम्युनिष्ट पार्टीको शासन क्षमता तथा स्तर क्रमशः सुधार हुँदैआएको छ। विशेष गरी चिनियाँ कम्युनिष्ट पार्टीको अठारौं महाधिवेशन यता, पार्टी सदस्यहरूले नयाँ युगमा सी चिनफिङको चिनियाँ विशेषतायुक्त समाजवादी विचार स्थापित गर्दै पार्टीको पूर्ण नेतृत्व, कडाइका साथ पार्टीको संचालन आधारमा चीनको आर्थिक निर्माण, सुधार तथा खुलापनलाई गहन रूपमा अघि बढाउँदै आएका छन्। साथै राजनैतिक, संस्कृतिक, सामाजिक, पर्यावरणीय सभ्यता, रक्षा तथा सेनाको निर्माण भइरहेका छन्। एक देश दुई व्यवस्थाको पालना गर्दै देशको एकीकरणको प्रवर्द्धन तथा कूटनैतिक कार्य लगायतका क्षेत्रहरूलाई अघि बढाइरहेका छन् जसबाट चिनियाँ कम्युनिष्ट पार्टी लगायत देशको महाकार्यमा पनि ऐतिहासिक उपलब्धि हासिल गरिएको छ।

#समाचार सन्दर्भ# इतिहासको सन्दर्भमा चीनको भविष्यको सिर्जना गरिँदै_fororder_src=http___www.gz.xinhuanet.com_2021-02_13_1127098231_16131872107361n&refer=http___www.gz.xinhuanet

इतिहासको सन्दर्भमा भविष्योन्मुख प्रयास गर्नुपर्छ। चिनियाँ कम्युनिष्ट पार्टीको १९औं केन्द्रिय समितिको छैठौं पूर्ण बैठकबाट पार्टीको लागि भावी कार्यभार तथा विकासको दिशानिर्देश गरिएको छ कि नेतृत्वदायी रूपमा चिनियाँ जनतालाई एकतावद्ध पार्दै जनगणतन्त्र चीन स्थापित हुने एक सयौँ वार्षिकोत्सवमा देशको आधुनिकीकरणलाई आधारभूत रूपमा पूरा गरिने छ र चीनलाई धनी, प्रजातान्त्रिक, सभ्य समाजवादी मुलुकको निर्माण गर्नु रहेको छ। भविष्योन्मुख सपना लिएर तत्वकाल राम्रोसँग प्रयास गर्नुपर्छ। चिनियाँ कम्युनिष्ट पार्टीको नेतृत्वमा चिनियाँ राष्ट्रले इतिहासको सन्दर्भमा उज्ज्वल भविष्यको सिर्जना गर्दै पुनरूत्थानको महान चिनियाँ सपनालाई साकार तुल्याउँदै जाने छ।