चिनियाँ राष्ट्राध्यक्ष एशिया प्रशान्त आर्थिक सहयोग संगठनको २८औं नेतास्तरीय अनौपचारिक बैठकमा
2021-11-12 20:55:50CRI
Share with:

चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले १२ तारिख राती अनलाइन एशिया प्रशान्त आर्थिक सहयोग संगठनको २८औं नेतास्तरीय अनौपचारिक बैठकमा भाग लिनुभएको छ।

उहाँले सम्बोधन दिनुभएअनुसार यस वर्ष चीनले एशिया प्रशान्त आर्थिक सहयोग संगठनमा भाग लिएको ३०औं वाषिकोत्सव हो। यी तीस वर्ष चीनको सुधार तथा खुलापन र विदेशका लागि खुलापनको विस्तार गरेको मात्र नभई एशिया प्रशान्त आर्थिक सहयोग संगठन विकसित भएको समय हो। खुलापन नै यो संगठन बाँच्ने शक्ति हो। यस संगठनले बहुपक्षीयवादलाई व्यवहारमा उतार्दै वार्ता,समावेशी र मेलामिलापयुक्त अडानले विश्व व्यापार संगठन केन्द्रित बहुपक्षीय व्यापार प्रणालीको द्दढ संरक्षण गर्नुपर्छ।

सी चिन फिङले सिर्जना विश्वको विकासको एउटा महत्वपूर्ण शक्ति भएको कुरा औंल्याउनुभयो। डिजिटल अर्थतन्त्रको नयाँ इन्जिनलाई प्रज्ज्वलित गर्नुपर्ने बताउँदै उहाँले डिजिटल प्रविधिका उपलब्धिहरूले एशिया-प्रशान्त क्षेत्रका धेरै मानिसहरूलाई फाइदा पुर्‍याउनुपर्ने बताउनुभयो।

सीले आर्थिक र प्राविधिक सहयोग एपेक सहयोगको महत्वपूर्ण क्षेत्र भएको भन्दै विकासोन्मुख सदस्यहरू यसबाट लाभान्वित हुने र एसिया-प्रशान्त क्षेत्रको विकास र समृद्धिमा नयाँ गति सुनिश्चित गर्ने कुरा औंल्याउनुभयो।

यो वर्ष चिनियाँ कम्युनिष्ट पार्टीको स्थापनाको १००औँ वार्षिकोत्सव भएको बताउँदै सी चिन फिङले १ अर्ब ४० करोड चिनियाँ जनतालाई राम्रो जीवन जिउन र मानवजातिको शान्ति र विकासको प्रवर्द्धन गर्न सक्षम बनाउने चिनियाँ कम्युनिष्ट पार्टीको अटल लक्ष्य भएकोमा जोड दिनुभयो।