चिनियाँ कम्युनिष्ट पार्टीको शब्दकोष प्रभुत्ववाद रहित
2021-11-13 15:17:40CRI
Share with:

चिनियाँ कम्युनिष्ट पार्टीको शब्दकोष प्रभुत्ववाद रहित_fororder_01

सन् २०२०सम्म चीन तथा बेल्ट एण्ड रोड अवधारणा (बीआरआई) सम्बद्ध मुलुकहरू बीचको व्यापारमा संलग्न कूल रकम ९२ खरब अमेरिकी डलरभन्दा बढी भएको छ र सम्बद्ध मुलुकमा लगाइएको प्रत्यक्ष लगानीमा संलग्न रकम लगभग १.४ खरब अमेरिकी डलर पुगेको छ। बीआरआईको सहयोगमा सम्बद्ध मुलुकका जनता अझ राम्रो जीवन बिताइरहेका छन्।

तापनि बीआरआई निर्माणप्रति पश्चिमी शीत युद्ध विचार बोकेका केही पश्चिमीहरूले शंका उठाएका छन् कि चीनले क्षेत्रमा प्रभुत्व गर्न खोजिरहेको छ। यस्तो भनाइ पटट्कै आधारहिन हो। बीआरआईबारे बुझ्न सर्वप्रथम विश्वप्रति चिनियाँ कम्युनिष्ट पार्टीको विचारबारे बुझ्नुपर्छ।

नोभेम्बर ११ तारिख आयोजित चिनियाँ कम्युनिष्ट पार्टी १९ औं पूर्ण बैठकको विज्ञप्तिमा १० पालनामार्फत् अन्तर्राष्ट्रिय व्यक्तित्वहरूले ध्यान दिएर अनुसन्धान गरिरहेको विषय सूची अर्थात् चिनियाँ कम्युनिष्ट पार्टी सफल हुनुको रहस्य के हो भन्ने प्रश्नको जवाफ दिएका छन्। ती १० मध्ये ‘विश्वलाई मनमा राख्ने भावनाको पालना’ भन्ने विषय चिनियाँ कम्युनिष्ट पार्टीले पाएको महत्वपूर्ण अनुभवहरूमध्येको एक हो जसबाट विश्वप्रति चिनियाँ कम्युनिष्ट पार्टीको विचार तथा मूल्यलाई प्रतिविम्वित पनि गरिन्छ।

नयाँ चीन स्थापित भए यता, चीनले कुनै युद्ध वा संघर्षलाई उठाएको छैन र अरू मुलुकको भूभागको अतिक्रमण पनि गरेको छैन। हालसम्म चीनले ३० वटा संयुक्त राष्ट्र संघ शान्ति कार्यक्रमलाई जम्मा गरी ५० हजार जना पठाइसकेको छ र  राष्ट्रिय सुरक्षा परिषदका स्थायी सदस्यमध्ये सबभन्दा बढी सेना पठाएको मुलुक बनेको छ। साथै चीनले इरानको आणविक समस्या र अफगानी परिस्थितिको सामना लगायतका विषयबारे प्रयास गर्दै अन्तर्राष्ट्रिय तथा क्षेत्रीय सुरक्षाको संरक्षणको लागि रचनात्मक भूमिका निर्वाह गर्दै आएको छ।

चिनियाँ कम्युनिष्ट पार्टीको शब्दकोष प्रभुत्ववाद रहित_fororder_02

संयुक्त विकासको प्रवर्द्धन क्षेत्रमा चिनियाँ कम्युनिष्ट पार्टीले विश्वको प्रथम सत्तारूढ पार्टीको जिम्मेवारी वहन गरिरहेको छ। विश्वको आर्थिक वृद्धिमा चिनियाँ अर्थतन्त्रले गरेको योगदान लगातार १५ वर्षसम्म विश्वको पहिलो स्थानमा रहिरहेको छ। साथै सी चिनफिङले प्रस्तुत गर्नुभएको मानवजातिको संयुक्त भाग्य समुदायको निर्माण भन्ने विचार नै संयुक्त राष्ट्र संघका बहु निर्णय प्रस्तावमा राखिएको छ जुन चिनियाँ कम्युनिष्ट पार्टीले विश्व संचालनको सुधारमा दिएको महत्वपूर्ण योगदान हो।

विश्वमा फैलिरहेको कोरोना महामारीको सामना गर्दा चीनले सकेसम्म अन्तर्राष्ट्रिय समाजलाई सहयोग प्रदान गरिरहेको छ। हालसम्म विश्वमा अरू देशलाई सबभन्दा बढी खोप प्रदान गरेको मुलुक चीन नै हो र विकासोन्मुख मुलुकले पाएका खोपका अधिकाँश चीनबाट नै हो।

विश्व राम्रो भयो भने चीन राम्रो बन्छ, चीन राम्रो बन्छ भने विश्व अझ राम्रो हुँदै जान्छ। चिनियाँ कम्युनिष्ट पार्टीको शब्दकोषमा पहिले, अहिले र उपरान्त प्रभुत्ववाद भन्ने शब्द कहिले पनि भेटिने छैन।