चीन-अमेरिका राष्ट्रनायक भिडियो वार्ता दुई मुलुक र विश्वलाई दरिलो बनाउने संकेत
2021-11-17 14:24:18cri
Share with:

“आगामी ५० वर्षमा अन्तर्राष्ट्रिय सम्बन्धमा सबैभन्दा महत्वपूर्ण कुरा चीन र अमेरिकाले एक आपसमा व्यवहार गर्ने सही तरिका खोज्नु हो।” नोभेम्बर १६ तारिख बिहान विश्वको ध्यानाकर्षणमा रहेको चीन-अमेरिका राष्ट्रनायक भिडियो वार्तामा चीनका राष्ट्राध्यक्ष सी चिन फिङले भन्नुभएको यो कुरालाई अन्तर्राष्ट्रिय समाजले उच्च महत्व दिएको छ। हालको निर्णायक अवस्थामा दुई मुलुकका राष्ट्रनायकले चीन-अमेरिका सम्बन्धको विकासको दिशालाई निश्चित गर्नुभएको छ, जसबाट अन्तर्राष्ट्रिय समाज खुसी भएको छ।

हाल चीन-अमेरिका सम्बन्ध चौबाटोमा छ। यस्तो पृष्ठभूमिमा चीन र अमेरिकाका सर्वोच्च नेताले भिडियो वार्ताको आयोजना गरी पारस्परिक आदान-प्रदान र सहयोगलाई अघि बढाउने छ।

अमेरिकी राष्ट्रपति जोसेफ बाइडेनले भिडियो वार्तामा अमेरिका-चीन सम्बन्ध विथोल्न नहुने भन्दै चीनको राजनीतिक व्यवस्थालाई परिणत गर्न अमेरिका इच्छुक नरहेको बताउनुभयो। यसका साथै अमेरिकी राष्ट्रपति बाइडेनले दोहर्‍याउनुभयोः अमेरिकाले चीनको विरोध गर्न अमेरिकासँगको गठबन्धन सम्बन्धलाई सबल पार्न खोज्ने छैन, चीनसँग भिडन्त गर्न अमेरिका इच्छुक छैन, थाइवान स्वतन्त्र पक्षधरको समर्थन अमेरिकाले गर्ने छैन।

अमेरिकाले वास्तविक गतिविधिमार्फत चिनियाँ जनता र अन्तर्राष्ट्रिय समाजको विश्वास जित्नुपर्ने चीनले व्यक्त गरेको छ।

अमेरिकाले वास्तविक क्रियाकलापमार्फत दुई देशका राष्ट्रनायक बीचको वार्ताको भावनालाई व्यवहारमा उतार्नसक्ने, चीनसँग अरु बढी आदान-प्रदान र सहयोगलाई सबल पार्नसक्ने र अन्तर्राष्ट्रिय जिम्मेवारी वहन गर्नसक्ने आशा चीनले राखेको छ। जुन चीन, अमेरिका र विश्वका विभिन्न मुलुकका जनताको साझा अभिलाषा हो।