चीनका राष्ट्राध्यक्ष सी चिनफिङ र इजरायलका राष्ट्रपति आइज्याक हेर्जोग बीच टेलिफोन वार्ता
2021-11-18 14:53:14cri
Share with:

चीनका राष्ट्राध्यक्ष सी चिनफिङले १७ तारिख इजरायलका राष्ट्रपति आइज्याक हेर्जोगसँग टेलिफोन वार्ता गर्नुभएको छ।

 

वार्ताको क्रममा राष्ट्राध्यक्ष सीले चीन-इजरायल सम्बन्धमा चीनले उच्च महत्व दिँदैआएको बताउँदै दुई देश बीचको सिर्जनशीलता र सम्पूर्ण साझेदारी सम्बन्धलाई स्वस्थ र स्थिर रूपमा विकास गर्नुका साथै दुई देशका जनताका लागि अझ बढी हितकल्याण सिर्जना गर्दै जान चीन इच्छुक रहेको औंल्याउनुभएको छ।

 

यसै गरी राष्ट्रपति हेर्जोगले एक चीन नीतिको अक्षरश: पालना गर्नुका साथै चीनसँगै मिलेर वैज्ञानिक प्रविधि, सिर्जनशीलता, अर्थतन्त्र, कृषि र खेलकुद आदि क्षेत्रमा आदान प्रदान तथा सहकार्यलाई सबल पार्दै जाने आशा व्यक्त गर्नुभएको छ।

 

उक्त वार्ताको क्रममा दुई देशका नेताहरूले मध्य पूर्वी क्षेत्रीय अवस्थाबारे पनि वैचारिक आदान प्रदान गर्नुभएको छ।