सिन्च्याङको नानद्वारा पश्चिमको झूट भंग
2021-11-18 19:03:10CRI
Share with:

सिन्च्याङको नानद्वारा पश्चिमको झूट भंग_fororder_1118ruiping (2)

“तिमीहरूको मागबमोजिम उत्पादन गरिएको नान आज पठाइने छ, पाँच दिनपछि रुस पुग्ने अनुमान छ।” “हवस्, धन्यवाद। हाम्रो अरु अर्डर पनि छन्।” हाल चीनको सिन्च्याङको खोर्गास शहरका एकजना व्यापारीले मोबाइल फोनद्वारा रुसका ग्राहकसँग कुराकानी गर्दैछन्। सोही दिन सिन्च्याङका १० लाख वटा नान बोकेका ट्रक खोर्गासको नाकाबाट पहिलो पटक रुस पुगे। सिन्चयाङको नानले पहिलो पटक युरोपेली बजारमा प्रवेश पाएका छन्।

नयाँ बजारले नयाँ मौका खोलेको छ। हालैका दुई वर्षयता सिन्च्याङको यिली कजाक स्वायत्त प्रिफेक्चरले स्थानीय विशेषतायुक्त खाना अर्थात् नानलाई मध्य एसियाली मुलुकहरूको बजारमा प्रवेश गराउँदै अगाडि बढाएकोछ। नान “बेल्ट एण्ड रोड” प्रस्तावमा सिन्च्याङले तीब्र विकास प्राप्त गरेको एक सूक्ष्म बनेको छ।

“मैले सिन्च्याङमा धेरै उद्योग-व्यवसायहरूको भ्रमण गरेँ, खसीको मासु, फलफूल, ताजा साग, सुन्दर नान चाखेँ। मैले सिन्च्याङको समृद्धि र विकास देखेँ।” हाल “सन् २०२१, चीनको सिन्च्याङ विकास मञ्च”मा चीनका लागि अर्जेन्टिनाका राजदूत साबिनो भाका नार्वाजाले उक्त कुरा बताउनुभएको हो। उहाँले “बेल्ट एण्ड रोड”को निर्माणमा सिन्च्याङको भूमिकाबारे चर्चा गर्नुका साथै सबैसँग सिन्च्याङ जान आह्वान पनि गर्नुभयो।

सिन्च्याङको नानद्वारा पश्चिमको झूट भंग_fororder_1118ruiping (1)

सन् २०१५ मा चीन सरकारले सिन्च्याङलाई रेशमी मार्गको आर्थिक पेटीको केन्द्रीय क्षेत्रको रुपमा निर्माण गर्ने कुरा प्रस्तुत गरेको थियो। हाल सिन्चयाङ “बेल्ट एण्ड रोड”आबद्ध मुलुकको आदान-प्रदानको महत्वपूर्ण मार्ग बनिसकेको छ।

हाल सिच्याङसँग बाह्य सहयोग गरेको मुलुकहरूको संख्या “बेल्ट एण्ड रोड”का ५० वटा आबद्ध मुलुक र क्षेत्र ढाकिएको छ। सिन्च्याङका वासिन्दाहरू सिन्च्याङको खुलापनको सबैभन्दा ठूलो लाभान्वित पक्ष हुन्। तथ्यांकअनुसार, चालू वर्षका अघिल्ला त्रिमासिक अवधिमा सिन्च्याङको क्षेत्रीय कुल गार्हस्थ उत्पादन मात्रा ११ खर्ब ३९ अर्ब ६१ करोड ४० लाख चिनियाँ युआन पुगेको थियो भने गत वर्षको सोही अवधिको तुलनामा ८.८ प्रतिशतले बृद्धि भएको थियो।

पश्चिमको चीन विरोधी शक्तिले बनाएको तथाकथित “जबर्जस्ती श्रम” र “नरसंहार”को झूट भंग गरिएको छ। चीन सरकारले आतंकवादी विरोध नीति र खुलापनको नीतिमार्फत सिन्च्याङका वासिन्दालाई राम्रो जीवन बिताउन दिएको छ।