बेल्ट एण्ड रोडको विकास
2021-11-19 17:08:02CRI
Share with:

बेल्ट एण्ड रोडको विकास_fororder_1119BRI-1

सन् २०१३ सेप्टेम्बरमा चीनका राष्ट्राध्यक्ष सी चिनफिङले नाचार्बेयेभ विश्वविद्यालयमा सम्बोधन गर्दै रेशमी मार्ग आर्थिक बेल्टको प्रस्ताव गर्नुभएको थियो। त्यसपछि अक्टोबरमा सीले दक्षिण-पूर्वी एशियाको भ्रमण गर्दै २१औं शताब्दीमा समुद्री रेशमी मार्ग निर्माण गर्ने प्रस्ताव गर्नुभयो। जसबाट बेल्ट एण्ड रोड प्रस्ताव पूरा भएको थियो।

बेल्ट एण्ड रोडको विकास_fororder_1119BRI-2

सन् २०१५ मार्च २८ तारिख बोआउ एशियाली मञ्चमा रेशमी मार्ग आर्थिक बेल्ट तथा २१ औँ शताब्दीको समुद्री रेशमी मार्गको निर्माणलाई बढाउने योजना तथा कार्यवाही प्रकाशित भयो। राष्ट्राध्यक्ष सीले साझा छलफल, साझा निर्माण र साझेदारी सिद्धान्त प्रस्तुत गर्नुभयो।

बेल्ट एण्ड रोडको विकास_fororder_1119BRI-3

सन् २०१७ जनवरी १८ तारिख राष्ट्राध्यक्ष सीले जेनेभास्थित राष्ट्र संघीय मुख्यालयमा सम्बोधन गर्दै मानव भाग्य समुदायको विचारबारे चौतर्फी तथा प्रणालीगत रूपमा व्याख्या गर्नुभयो। त्यसपछि चिनियाँ कम्युनिष्ट पार्टी र विश्वका राजनीतिक पार्टीहरूबीच वार्ता सम्मेलनमा सीले यो विचार तथा बेल्ट एण्ड रोडको सम्पर्कबारे व्याख्या गर्नुभयो।

बेल्ट एण्ड रोडको विकास_fororder_1119BRI-4

सन् २०१८ अगष्ट २७ तारिखमा बेल्ट एण्ड रोडको निर्माण गर्ने पाँचौं वार्षिकोत्सव गोष्ठी पैचिङमा आयोजित भयो। सी चिनफिङले पाँच वर्षमा हासिल भएको उपलब्धिको चौतर्फी संक्षेपीकरण गर्नुभयो। योजनाबाट ठोस व्यवहारसम्म बेल्ट एण्ड रोड विश्वद्वारा झन् बढी स्वीकार र समर्थन गरिँदै आएको छ। 

बेल्ट एण्ड रोडको विकास_fororder_1119BRI-5

सन् २०१९ अप्रिलमा पैचिङमा आयोजित दोसो बेल्ट एण्ड रोड अन्तर्राष्ट्रिय सहयोग शिखर मञ्चमा राष्ट्राध्यक्ष सीले सीले उच्च मापदण्ड, जनजीवनलाई फाइदाजनक तथा दिगो विकास भन्ने लक्ष्य जानकारी दिनुभएको छ।