ग्रामीण क्षेत्रका वासिन्दाहरू द्रूत गतिको रेलमा निर्भर भई समृद्धि उन्मुख
2021-11-19 20:49:49cri
Share with:

ग्रामीण क्षेत्रका वासिन्दाहरू द्रूत गतिको रेलमा निर्भर भई समृद्धि उन्मुख_fororder_图11  民宿所在村落--畲族村风景秀丽

 

ऊ  फु पहाड चीनको च्याङसी प्रान्तीय शाङराउ शहर क्वाङसिन क्षेत्रको प्रसिद्ध राष्ट्रिय स्तरको दर्शनीयस्थल हो। त्यहाँ सुन्दर प्राकृतिक दृश्य र उत्कृष्ट पर्यावरणीय वातावरण छ। त्यो मौरी पालनको लागि प्रसिद्ध गाउँ  पनि हो। तर यातायात पूर्वाधार सीमित भएका कारण ऊ फु पहाड वरिपरि गाउँहरूको प्रशस्त पर्यटकीय स्रोत साधन र कृषि उपज चिनिएको थिएन। सन् २०१५ जुन महिना ऊ  फु पहाडको द्रूत गतिको रेल स्टेशन संचालन भयो। त्यहाँको पर्यटनमा विकास ल्याइएको थियो। स्थानीय वासिन्दाहरू पनि धनी बनाइए।

ऊ फु पहाड द्रूत गतिको रेल स्टेशन क्वाङसिन क्षेत्रको सशिबा बस्तीमा पर्दछ। द्रूत गतिको रेल संचालन भएपछि ऊ फु पहाड बस्तीका वासिन्दा हुङ चुङक्वैको मह घुम्न गएका पर्यटकहरूमा निर्भर भई चीनको विभिन्न क्षेत्रतर्फ गयो। हुङ चुङक्वैकाअनुसार, उनको गाउँको राम्रो पर्यावरण छ। मह मौरीले पहाडमा हुर्कने जंगली फूलबाट बनाएको हो। उनको मह अर्गानिक छ। त्यसैले महको मूल्य महंगो छ। प्रति किलोग्राम महको २०० चिनियाँ युआन बराबर छ। हरेक वर्षमा शाङराउ शहर र वरिपरिका जिल्लाहरूका वासिन्दाले महको खरीद गर्न उनको गाउँ जाने गर्दछन्। उनले महको बिक्रीप्रति चिन्ता लिनुपर्दैन।

बस्तीको सरकारको प्राविधिक समर्थन र भत्तामा दश वर्षयता हुङ चुङक्वैले पालेको मौरी शुरुमा दश समूहबाट बढेर हालको दुई सय समूह पुगेको छ। उनी पनि जिल्लाको सबैभन्दा ठूलो मौरीपालक किसान बने। केही वर्षअघि बस्तीको सरकारले समर्थन नीति सार्वजनिक गर्‍यो। हुङ चुङक्वैले गाउँमा फार्मस्टे खोलेका छन्। घुम्न उनको गाउँ गएका पर्यटकहरूको संख्यामा निरन्तर रुपमा बृद्धि हुनुका साथै उनको वार्षिक आम्दानी तीन लाख चिनियाँ युआन बराबर छ।