सी चिनफिङद्वारा तेस्रो “बेल्ट एण्ड रोड” निर्माण गोष्ठीलाई सम्बोधन
2021-11-19 20:20:24CRI
Share with:

चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिका महासचिव, राष्ट्राध्यक्ष एवं चिनियाँ सैन्य आयोगका अध्यक्ष सी चिनफिङले नोभेम्बर १९ तारिख पैचिङमा तेस्रो “बेल्ट एण्ड रोड” निर्माण गोष्ठीलाई सम्बोधन गर्नुभएको छ।

उहाँले नयाँ विकास अवधारणालाई सम्पूर्ण, सटिक र चौतर्फी रुपमा कार्यान्वयन गर्नुपर्ने बताउँदै उच्च गुणस्तरीय र दिगो विकास तथा सर्वसाधारणलाई लाभ दिने लक्ष्य राखेर अन्तरसन्जाल र अन्तरकार्यको आधारलाई सुदृढ पार्नुपर्ने बताउनुभयो। अन्तर्राष्ट्रिय सहकार्यलाई विस्तार गर्नुपर्ने कुरामा जोड दिँदै राष्ट्राध्यक्ष सीले जोखिमको रोकथाम तथा नियन्त्रण गर्नुपर्ने र “बेल्ट एण्ड रोड”को उच्च गुणस्तरको विकासलाई निरन्तर रुपमा नयाँ प्रगति हासिल गर्न अगाडि बढाउनुपर्ने कुरामा जोड दिनुभयो।