राष्ट्राध्यक्ष सी चिनफिङद्वारा पहिलो चीन साइबर सभ्यता सम्मेलनलाई शुभकामना सन्देश
2021-11-19 15:19:06cri
Share with:

पहिलो चीन साइबर सभ्यता सम्मेलन १९ तारिख बिहान पैचिङमा शुरू भएको छ। चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव, राष्ट्राध्यक्ष एवम् केन्द्रीय सैन्य आयोगका अध्यक्ष सी चिनफिङले शुभकामना सन्देश पठाउँदै सम्मेलनप्रति हार्दिक बधाई व्यक्त गर्नुका साथै सम्मेलनमा सहभागी विभिन्न क्षेत्रका अतिथिहरूको स्वागत गर्नुभएको छ।

 

आफ्नो सन्देशमा राष्ट्राध्यक्ष सीले साइबर सभ्यता नयाँ अवस्थामा सामाजिक सभ्यताको एक महत्वपूर्ण विषय रहेको भन्दै इन्टरनेट शक्तिशाली मुलुक निर्माण गर्ने एक महत्वपूर्ण क्षेत्र भएको औंल्याउनुभएको छ।

 

सम्मेलनको उद्घाटन समारोहमा चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्युरोका सदस्य एवम् केन्द्रीय प्रचार प्रसार विभागका उपप्रमुख ह्वाङ खुनमिङले राष्ट्राध्यक्ष सीको बधाई सन्देश पढेर सुनाउनुका साथै सम्बोधन पनि गर्नुभएको छ।