लिथुआनियाले प्रतिबद्धताको उल्लङ्घन गरेकाले सबै नतिजाको जिम्मेवारी लिनुपर्ने
2021-11-19 16:45:40CRI
Share with:

लिथुआनियाले प्रतिबद्धताको उल्लङ्घन गरेकाले सबै नतिजाको जिम्मेवारी लिनुपर्ने_fororder_1119ruiping.PNG

चीनको कडा विरोधको वेवास्ता गरी लिथुआनियाले हाल थाइवानलाई तथाकथित “लिथुआनियाका लागि थाइवानको कार्यालय” स्थापना गर्न अनुमति दिएको छ। लिथुआनियाको कर्तुतले एक चीनको सिद्धान्तको उल्लंघन गरेको, चीनको आन्तरिक मामिलाको हस्तक्षेप गरेको र दुई मुलुकको दौत्य सम्बन्धको स्थापनाको विज्ञप्तिमा उल्लेख गरिएको राजनीतिक प्रतिबद्धताको उल्लंघन गरेको छ। चीनले राष्ट्रिय सर्वभौमिकता र भूभागको अक्षुण्णताको संरक्षण गर्न सबै आवश्यक कदम चाल्ने छ। लिथुआनियाले प्रतिबद्धताको उल्लंघन गरेको सबै नतिजा जिम्मा लिनुपर्ने छ।  

चीन र लिथुआनियाले सन् १९९१ मा दौत्य सम्बन्धबारे हस्ताक्षर गरेको विज्ञप्तिअनुसार, लिथुआनियाले जन गणतन्त्र चीन सरकार चीनको एक मात्रै वैधानिक सरकार हो र थाइवान चीनको भूभागको अबिच्छिन्न भाग हो भन्ने कुरा मान्यता दिनुका साथै थाइवानसँग आधिकारिक सम्बन्धको स्थापना नगर्ने र आधिकारिक आदान-प्रदान नगर्ने प्रतिबद्धता गरेको थियो। यसका साथै लिथुआनिया यूरोपेली संघका सदस्य मुलुक हो। लिथुआनियाले एक चीनको नीतिबारे चीन र यूरोपेली संघले प्राप्त गरेको सहमतिलाई पालना गर्नुपर्छ। 

एक चीनको नीति अन्तर्राष्ट्रिय सहमति हो र पनि चीनले अरु मुलुकहरूसँग द्विपक्षीय सम्बन्धको विकास गर्ने राजनीतिक आधार हो। चीनले धेरै पटकमा चीन सरकार र चिनियाँ जनताले राष्ट्रिय एकीकरण साकार तुल्याउने अठोटमा परिवर्तन नहुने, राष्ट्रिय सर्वभौमिकता र भूभागको अक्षुण्णताको संरक्षण गर्ने चेतावनी रेखा छुन विरोध गरेको कुरा ब्याख्या गरेको छ।

लिथुआनियाले गलत निर्णय तुरुन्तै रुपमा सच्याउनुपर्ने, एक चीनको नीतिको उल्लंघन गर्ने गलत मार्गमा निरन्तर रुपमा हिँड्ने हो भने सबै नतिजा जिम्मा लिनुपर्ने छ। कुनै पनि व्यक्तिले चिनियाँ जनताले राष्ट्रिय सर्वभौमिकता र भूभागको अक्षुण्णताको संरक्षण गर्ने दृढ अठोट र शक्तिशाली क्षमताको कम मूल्याङ्कन गर्नुहुँदैन।