चीन-आशियान वार्ता सम्बन्ध स्थापना भएको ३०औँ वार्षिकोत्सव स्मृति शिखर सम्मेलनको राष्ट्राध्यक्ष सी चिनफिङद्वारा अध्यक्षता
2021-11-22 11:38:13CRI
Share with:

नोभेम्बर २२ तारिख चीनका राष्ट्राध्यक्ष सी चिनफिङले चीन-आशियान वार्ता सम्बन्ध स्थापना भएको ३०औँ वार्षिकोत्सवको स्मृति शिखर सम्मेलनको अध्यक्षता गर्नुभएको छ। उक्त शिखर सम्मेलन भिडियोमार्फत आयोजना गरिएको हो।

राष्ट्राध्यक्ष सी चिनफिङले आफ्नो सम्बोधनमा चीन-आशियान वार्ता सम्बन्ध स्थापना भएको ३० वर्षयता ठूलो विकास भएको भन्दै असल छिमेकीबीच सहयोग र साझा फाइदायुक्त उज्ज्यालो बाटोको विकास गरी घनिष्ठ भाग्य समुदायको स्थापना गरेर मानवजातिको विकास कार्यलाई महत्वपूर्ण योगदान गरेको बताउनुभएको छ।

राष्ट्राध्यक्ष सीले ३० वर्षको मूल्यवान अनुभव नै चीन र आशियानको साझा सम्पत्ति भएको र दुई पक्षबीच चौतर्फी रणनीतिक साझेदारी सम्बन्धको विकासको आधार प्रदान गरेको पनि दोहोर्याउनुभयो।

राष्ट्राध्यक्ष सीले चीन आसियानको असल छिमेकी, असल मित्र र असल साझेदार रहेको कुरामा जोड दिनुभयो। चीनले आसियानलाई छिमेकी कूटनीतिको प्राथमिकताको रूपमा लिने, आसियान एकता र आसियान समुदायको निर्माणमा दृढतापूर्वक समर्थन गर्ने, क्षेत्रीय संरचनामा आसियानको केन्द्रीय स्थानलाई अडिग रूपमा समर्थन गर्ने, क्षेत्रीय र अन्तर्राष्ट्रिय मामिलामा आसियानको ठूलो भूमिकालाई अडिग रूपमा समर्थन गर्ने राष्ट्राध्यक्ष सीले बताउनुभयो।

राष्ट्राध्यक्ष सीले चीनको विकासले क्षेत्र र विश्वलाई थप अवसर प्रदान गर्ने र बलियो प्रेरणा दिने पनि औंल्याउनुभयो। व्यापक रणनीतिक साझेदारीलाई कार्यान्वयन गर्न र निकट चीन-आसियान समुदाय निर्माण गर्न नयाँ कदम चाल्न चीनले आसियानसँग काम गर्न इच्छुक रहेको राष्ट्राध्यक्ष सीले बताउनुभयो।

राष्ट्राध्यक्ष सीले शान्ति सबैभन्दा ठूलो साझा हित र सबै देशका जनताको सबैभन्दा ठूलो साझा अपेक्षा रहेको औंल्याउनुभयो। उहाँले भन्नुभयो, “हामी क्षेत्रीय शान्तिका निर्माता र संरक्षक हुनैपर्छ, हामीले साँचो बहुपक्षीयताको अभ्यास गर्नुपर्छ र अन्तर्राष्ट्रिय र क्षेत्रीय मामिलाहरूमा छलफल गर्न जोड दिनुपर्छ।”

साथै राष्ट्राध्यक्ष सीले साझा भविष्यको साथ नजिकको चीन-आसियान समुदायको निर्माण गर्न र अझ समृद्ध र सुन्दर क्षेत्र र विश्वको निर्माण गर्न जोड दिनुभयो।