साझेदारको साँचो अर्थ
2021-11-23 19:04:25cri
Share with:

साझेदारको साँचो अर्थ_fororder_rp

“हामीले औपचारिक रूपमा चीन-आशियान पूर्ण रणनीतिक साझेदारी सम्बन्धको स्थापना गर्ने घोषणा गरेका छौं।” नोभेम्बर २२ तारिख चीनका राष्ट्राध्यक्ष सी चिनफिङले भिडियोमार्फत चीन-आशियान वार्ता सम्बन्ध स्थापनाको ३० औं वार्षिकोत्सवको शिखर सम्मेलनमा सहभागी हुँदै उक्त महत्वपूर्ण निर्णयको घोषणा गर्नुभएको हो। त्यसैगरी ३० वर्ष पार गरेको चीन - आशियान सहकार्यले नयाँ कोसेढुङ्गाको स्वागत गरेको छ भने ११ मुलुकका २ अर्ब जनताले अझ सुमधुर जीवनको स्वागत गर्ने छन्।

उक्त शिखर सम्मेलनलाई दिनुभएको सम्बोधनमा राष्ट्राध्यक्ष सीले बितेका ३० वर्षयता चीन र आशियान बीच सहकार्यका उपलब्धिको पुन:सिंहावलोकन गर्नुका साथै आपसी सम्मान, सहकार्यबाट साझा जीत, एकले अर्काको संरक्षण र सहायता तथा आपसी सहिष्णुता यी ४ पक्षमार्फत सफलताको अनुभवलाई निचोड गर्नुभयो। यसका अतिरिक्त उहाँले चीन आशियान सम्बन्धको भावी विकासका लागि ५ बुँदे प्रस्ताव प्रस्तुत गर्दै सँगै मिलेर शान्तिपूर्ण घरबार, सुरक्षित घरबार, समृद्ध घरबार, सुमधुर घरबार र मैत्रीपूर्ण घरबारको निर्माण गर्दै जान आह्वान पनि गर्नुभएको छ।

आफ्नो सम्बोधनमा राष्ट्राध्यक्ष सीले साझेदाको साँचो अर्थको पनि ब्याख्या गर्नुभएको छ। उहाँ यसरी भन्नुहुन्छ, ‘सुख भेट्दा सँगै मनाउँछौं भने दु:ख भोग्दा एकले अर्कालाई सहायता गर्दछौं।’