चौथो विश्व मिडिया शिखर सम्मेलनलाई सीद्वारा बधाइ सन्देश
2021-11-23 14:36:26CRI
Share with:

नोभेम्बर २२ तारिख चीनका राष्ट्राध्यक्ष सी चिनफिङले चौथो विश्व शिखर सम्मेलनलाई बधाइ सन्देश पठाउनुभएको छ।

सी चिनफिङले हाल विश्वमा सय वर्षसम्म नदेखिएको ठूलो परिवर्तन देखापरेको भन्दै कोभिड-१९ महामारी फैलिएसँगै अन्तर्राष्ट्रिय संरचना पनि जटिल भएकोले विश्वमा व्यापक सहमति निर्माण गर्न मिडियाको महत्वपूर्ण सामाजिक जिम्मा रहेको पनि दोहोर्याउनुभयो। सहभागीहरूले गहिरो छलफल गरी सहमति बढाएर लोकप्रिय आदान-प्रदानलाई बढाउने आशा आफूले लिएको सीले बताउनुभयो।

सिन्ह्वा समाचार समितिबाट आयोजित उक्त चौथो विश्व मिडिया शिखर सममेलन २२ तारिख पैचिङमा सुरू भएको छ।