चीनले अनलाइन शिक्षालाई नयाँ उचाइमा पुर्यायो
2021-11-26 14:35:32cri
Share with:

चीनले अनलाइन शिक्षालाई नयाँ उचाइमा पुर्यायो_fororder_IMG_8085(20211126-095548).JPG

कोभिड-१९ महामारी फैलिरहेको अवस्थामा सामाजिक दुरी बनाउनुपर्ने बाध्यता आइलागेको थियो। जसकारण जनतालाई सेवा सुविधा दिने विभिन्न संस्थाहरू सँगसँगै शिक्षण संस्था पनि बन्द गर्नुपरेको थियो। विद्यार्थीहरू पढाइबाट बञ्चित हुनुपरेको थियो। तर कोभिड-१९ महामारीको उग्र अवस्थामा पनि चीनले अनलाइन शिक्षाको माध्यमबाट विद्यार्थीहरूको पढाई जारी राखेको थियो।

बेइजिङ अवस्थित रेनमिन यूनिभर्सिटीमातहतको माध्यामिक विद्यालयमा गणित शिक्षकको रूपमा कार्यरत् राजिब कुमार कर्णले चीनले अनलाइन शिक्षालाई नयाँ उचाइमा पुर्याएको बताउनुहुन्छ। उहाँ भन्नुहुन्छ, ‘अनलाइन शिक्षा पद्धति केही समय अघिदेखि चलिरहे तापनि कोभिड-१९ को समयमा यसको व्यापक प्रयोग भएको छ र चीनले अनलाइन शिक्षालाई नयाँ उचाइमा पुर्याएको छ।’

चीनले अनलाइन शिक्षालाई नयाँ उचाइमा पुर्यायो_fororder_IMG_8084(20211126-095545).JPG

चीनमा पद्धति र प्रविधिको विकासले कोभिड-१९ को उग्र अवस्थामा रियल टाइम तथा फेस टू फेस रहेर सफलतापूर्वक अध्ययन अध्यापन गरिएको थियो।

‘जब अनलाइनको विकास हुनथाल्यो तब भविष्यमा मानिस मानिसबीच भेट हुँदैन कि भन्ने चर्चा गरिन्थ्यो, अहिले कोरोनाले यो फेज ल्याएको छ,’ उहाँले भन्नुभयो। ‘आजको कोभिड-१९ महामारीको अवस्थामा अनलाइन एउटा सोलुसन बनेर आएको छ।’

राजिब कुमारसँग चीन बसाइको दस वर्षको अनुभव पनि छ। दश वर्षको बेइजिङ बसाइमा चीनको ठूलो विकास देखेको भन्दै चीन सरकार, चिनियाँ जनता तथा चिनियाँ कम्युनिस्ट पार्टीले अहम् भूमिका खेलेको पनि बताउनुभयो। उहाँले भन्नुभयो, ‘कोभिड-१९ माथिको कारवाही होस् वा चीनको विकास हरेक क्षेत्रमा यहाँका मानिसमा कार्यभार पूरा गर्ने डेडिकेसन, मेहनत देख्छु।’

साथै उहाँले चिनियाँ कम्युनिस्ट पार्टीको शतवार्षिकीको अवसरमा पहिलो लक्ष्य पूरा गरेको चीनले आफ्नो दोस्रो लक्ष्य पूरा गर्न सक्षम रहेको बताउनुभयो। उहाँले भन्नुभयो, ‘चीनले गरिबी निवारण गरी पहिलो लक्ष्य पूरा गरिसकेको छ र म देख्छु, एउटा समुन्नत र शक्तिशाली चीन बनाउने दोस्रो शताब्दी लक्ष्यलाई पनि सजिलै पूरा गर्नेछ। साथै आफ्नो स्थापनाको सय वर्ष मनाइरहेको चिनियाँ कम्युनिस्ट पार्टीको उत्तरोत्तर प्रगतिको कामना गर्दछु।’