कुनै पनि शक्तिद्वारा चीन-अफ्रिका सहकार्यलाई हल्लाउन नसक्ने
2021-11-27 16:58:08cri
Share with:

कुनै पनि शक्तिद्वारा चीन-अफ्रिका सहकार्यलाई हल्लाउन नसक्ने_fororder_rp1

चीन सरकारले २६ तारिख “नयाँ युगको चीन-अफ्रिका सहकार्य” शीर्षकको श्वेत पत्र जारी गर्दै चीन र अफ्रिकाबीच सहकार्यमा प्राप्त उल्लेखनीय उपलब्धिको सम्पूर्ण रूपमा पुन:सिंहावलोकन गरेको छ।

साझा विकासलाई प्रवर्द्धन गर्नु नै चीन-अफ्रिका सहकार्यको मुलभूत उद्देश्य रहेको छ। बेल्ट एण्ड रोड भन्ने प्रस्ताव बमोजिम तत्स्थानको आत्मनिर्भरताको विकास क्षमतालाई उकास्नका लागि चीनले निरन्तर रूपमा अफ्रिकी मुलुकका लागि आधारभूत प्रबन्धको सुधार गर्दै आएको छ।

प्राप्त जानकारी अनुसार, १० हजार किलोमिटरभन्दा लामो रेलवे, लगभग १ लाख राजमार्ग, १ हजार जति पुल, १ सय जति बन्दरगाह र १ लाख ५० हजार सूचना सञ्जाल नयाँ थपिएको र सुधारिएको बाहेक, लगभग ७० करोड नेट प्रयोगकर्तामाझ नेटवर्क सेवा पनि स्थापना गरिएको छ।