चीन-अफ्रिका सहयोग मञ्चको आठौँ मन्त्री स्तरीय सम्मेलनको उद्घाटन समारोहलाई सी चिनफिङको सम्बोधन
2021-11-29 21:10:19cri
Share with:

चीनका राष्ट्राध्यक्ष सी चिनफिङले नोभेम्बर २९ तारिख पैचिङमा भिडियोमार्फत चीन-अफ्रिका सहयोग मञ्चको आठौँ मन्त्रीस्तरीय सम्मेलनको उद्घाटन समारोहलाई मुख्य सम्बोधन गर्नुभएको छ।

सीले चीन र अफ्रिका दौत्य सम्बन्ध स्थापना भएको ६५ वर्षयता साम्राज्यवाद विरोधी र औपनिवेशिक विरोधी युद्ध हुँदा दाजु-भाइ भावना बनेर विशेषतायुक्त सहयोग बाटो हिँडेको र नयाँ ढाँचाको अन्तर्राष्ट्रिय सम्बन्धको नमूना स्थापना गरेको बताउनुभयो।

राष्ट्राध्यक्ष सीका अनुसार चीन र अफ्रिकाबीचको मैत्रीपूर्ण सहयोगको भावना चीन र अफ्रिकाले आपसीमा सहयोग गर्ने वास्तविक शक्ति हो। अफ्रिकी मुलुकको गहिरो मित्रतालाई चीनले सधैं सम्झिरहने छ।

सीले नयाँ युगमा चीन-अफ्रिका भाग्य समुदायको रचना गर्ने ४ वटा प्रस्ताव प्रस्तुत गर्नुभयो। उहाँका प्रस्तावहरुमा एकता भएर महामारीको विरोधमा अडिग, व्यावहारिक सहयोगलाई गहन, हरित विकासको प्रवर्द्धन र न्याय तथा निष्पक्षको संरक्षण रहेका छन्।

राष्ट्राध्यक्ष सीले सम्बोधन गर्नुभएको छ: अफ्रिकी संघद्वारा निर्धारित सन् २०२२ सम्म ६० प्रतिशत अफ्रिकी जनताले नयाँ कोरोना भाइरस खोप लगाउने लक्ष्यलाई साकार तुल्याउनका लागि चीनले अफ्रिकीलाई १ अर्ब खोप प्रदान गर्नेछ। साथै चीनले अफ्रिकी मुलुकलाई १० चिकित्सा स्वास्थ्य परियोजना लागू गर्नेछ।