चीन-रूस ऊर्जा वाणिज्य मञ्चलाई सी र पुटिनको बधाइ सन्देश
2021-11-29 18:55:00cri
Share with:

नोभेम्बर २९ तारिख चीनका राष्ट्राध्यक्ष सी चिनफिङ र रूसका राष्ट्रपति भ्लादिमिर पुटिनले तेस्रो चीन-रूस ऊर्जा वाणिज्य मञ्चलाई बधाइ सन्देश पठाउनुभएको छ।

सी चिनफिङले आफ्नो सन्देशमा ऊर्जा सहयोग दुई देशबीच व्यावहारिक सहयोगको महत्वपूर्ण दिशा हो भन्दै दुई पक्षले कोभिड-१९ महामारीको प्रभावलाई जितेर ऊर्जा व्यापारको बृद्धिलाई व्यवहारमा उतारी सहयोगको नयाँ क्षेत्र र नयाँ ढाँचालाई विस्तार गरेको उल्लेख गर्नुभएको छ। चीनले रूससँग मिलेर अझै घनिष्ठ ऊर्जा सहयोगी साझेदारी सम्बन्धको विकास गरी संयुक्त रूपमा ऊर्जा सुरक्षाको संरक्षण र जलवायु परिवर्तनको सामना गर्ने इच्छा लिएको पनि सीले व्यक्त गर्नुभएको छ।

रुसी राष्ट्रपति पुटिनले वर्तमान रूस-चीन नयाँ युग चौतर्फी रणनीतिक सहयोगी साझेदारी सम्बन्ध ऐतिहासिक उचाइमा रहेको भन्दै दुई देश व्यवसायले सम्पर्कलाई बढाएर ऊर्जाको सूचना, हरित ऊर्जालगायत नयाँ सहयोग दिशाबारे अन्वेषण गरी रूस र चीनबीचको ऊर्जा सहयोगलाई नयाँ शक्ति थप्नसक्ने आशा आफूले लिएको आफ्नो सन्देशमा व्यक्त गर्नुभएको छ।