लोकतन्त्रका नाममा अन्य मुलुकमाथि अतिक्रमण गर्नु नै अमेरिकी नीति
2021-11-30 18:54:58cri
Share with:

लोकतन्त्रका नाममा अन्य मुलुकमाथि अतिक्रमण गर्नु नै अमेरिकी नीति_fororder_IMG_8132(20211130-185307).JPG

“विश्व अनन्त र उथलपुथल युद्धबाट ग्रष्ट छ: विदेशमा लोकतन्त्रको प्रचारप्रसार गर्दै आफ्नो प्रणाली तथा मूल्यमान्यता अन्य मुलुकलाई थोपर्दा गम्भीर रुपमा अन्तर्राष्ट्रिय तथा क्षेत्रीय शान्ति,स्थिरता र सुरक्षालाई ध्वस्त पारेको देखिन्छ।” अमेरिकाका लागि चिनियाँ र रुसी राजदूतहरुले हाल अमेरिकाको ‘राष्ट्रिय हित’ पत्रिकामा संयुक्त रुपमा लेख सार्वजनिक गर्दै अमेरिकाद्वारा आयोजना हुने तथाकथित “लोकतन्त्र शिखर सम्मेलन”को विरोध गर्नका लागि उक्त कुरा बताउनुभएको हो।

दोस्रो विश्व ठूलो युद्ध सम्पन्न भएपछि लोकतन्त्रको नारा लिँदै सामूहिक राजनीति गरेको मुलुक अमेरिका हो। लोकतन्त्रको निहुँ झिकेर अन्य मुलुकलाई अतिक्रमण गर्ने मुलुक पनि अमेरिका नै हो।  चीनको मानव अधिकार अनुसन्धान परिषदद्वारा सार्वजनिक भएको प्रतिवेदन अनुसार दोस्रो विश्व युद्ध सम्पन्न भएदेखि सन् २००१ सम्म  विश्वकाका १५३ क्षेत्रमा २४८ वटा सशस्त्र द्वन्द्व गराइएको छ। यी मध्येका २०१ द्वन्द्व अमेरिकाले गरेको हो। अमेरिकाद्वारा प्रवर्द्धन गरिएको तथाकथित“लोकतान्त्रिक सुधार”ले गम्भिर नागरिक हताहत र सम्पत्तिमा क्षति गरेको छ।

लोकतन्त्रका नाममा अन्य मुलुकमाथि अतिक्रमण गर्नु नै अमेरिकी नीति_fororder_IMG_8133(20211130-185313).JPG

यसका अतिरिक्त अमेरिकाले हतियार र गोलाबारुद उपलब्ध गराउने, सरकार विरोधी सेनालाई तालिम दिने आदि तरिकाले अन्य मुलुकको आन्तरिक मामिलामा हस्तक्षेप गर्दछ। हाल केही वर्षयता चीनको विकासमा बाधा सिर्जना गर्नका लागि अमेरिकाले फेरि तथाकथित लोकतन्त्रको नारा फलाक्न थालेको छ।

लोकतन्त्र विभिन्न मुलुकले खोजिरहेको साझा मूल्य हो भने अमेरिकाको राजनीतिक औजार होइन। नकल्ली लोकतन्त्रका नाममा साँचो प्रभुत्वको चाल अन्त्यमा इतिहासको फोहोरमा थुप्रनेछ।