अफ्रिकी साथीका लागि गरिएको बचनबद्धता पूरा गर्ने चीनको प्रयास
2021-11-30 20:38:00cri
Share with:

अफ्रिकी साथीका लागि गरिएको बचनबद्धता पूरा गर्ने चीनको प्रयास_fororder_IMG_8134(20211130-202536).JPG

“चिनियाँ खोपले महत्वपूर्ण पर्यटन शहरको भाग्यलाई परिवर्तन गर्दछ।” जिम्बाब्वेको एक मुख्य टेलिभिजन स्टेशनले हालै बनाएको एक वृत्तचित्रमा उक्त कुरा जनाइएको छ। सो वृत्तचित्रले चिनियाँ खोपको सहयोगमा जिम्बाब्वेको डोरिया फल्स शहरका बासिन्दा र पर्यटक“कम संक्रमण र शून्य मृत्यु”भएकाले आर्थिक पुनरुत्थानको कथा देखाएको छ।

यस्तो कथा अफ्रिकाको एउटा शहरमा मात्रै देखिएको छैन। नोभेम्बर २९ तारिख चीन अफ्रिका सहयोग मञ्चको आठौं मन्त्री स्तरीय सम्मेलनको उद्घाटन समारोहमा चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले चीनले अफ्रिकी मुलुकसँग घनिष्ट सहयोग गर्दै “नौ परियोजना”लागू गर्ने सम्बोधन गर्नुभएको थियो। चीनको बचनबद्धता छ:अफ्रिकालाई अझै एक अर्ब खोप प्रदान गरिनेछ।

यस“नौ परियोजना”मा गरिबी निवारण,किसानका लागि लाभ सिर्जना,व्यापार प्रवर्द्धन,लगानीको प्रवर्द्धन,डिजिटल नविनता,हरित विकास आदि विषय समेटिएका छन्। यी नौ परियोजनाले अफ्रिकाको विकासलाई प्रवर्द्धन गर्नुका साथै अफ्रिकी जनताको भलाइ बढाउने लक्ष्य छ। जसबाट चीन र अफ्रिकाबीचको मैत्रीपूर्ण सहयोगात्मक भावना प्रमाणित छ। साथै यो पनि चीनले अफ्रिकाका लागि लिँदै आएको“साँचो इमानदारी”विचारधारणालाई व्यवहारमा उतारेको वास्तविक कार्य हो।

अफ्रिका अन्तर्राष्ट्रिय सहयोगको ठूलो मञ्च हो भने ठूला मुलुकबीचको प्रतिस्पर्धा चौतारो होइन। केही वर्षयता केही पश्चिमी राजनीतिज्ञहरुले चीन र अफ्रिकाबीचको मित्रतामा हिलो छ्याप्दै आएका छन्। हाल अफ्रिकी भूमिमा जन्मिएका रेलमार्गहरु,पुलहरु,विद्यालयहरु सबै दशक वर्षहरुयता चीन र अफ्रिकाले चुनौति पार गरेर आपसी मित्रतालाई गहन पार्ने प्रमाणहरु हुन्। सन् २०१५ को दश ठूला सहयोग योजना,सन् २०१८ को आठ ठूला कार्वाहीबाट वर्तमान नौ ठूला परियोजनासम्म चीन र अफ्रिकाबीचको सम्बन्ध नयाँ युगको चीन अफ्रिका भाग्यको समुदायको नयाँ शुरुवातमा बसेको छ। भविष्यमा चीनको सधैं बचनबद्धता छ:अफ्रिकी साथीलाई जे बचनबद्धता गरेपनि चीनले सक्दो प्रयास गर्नेछ।