कूटनैतिक तरिकामार्फत् पैचिङ ओलम्पिकको विरोध असम्भव
2021-12-01 14:33:30CRI
Share with:

कूटनैतिक तरिकामार्फत् पैचिङ ओलम्पिकको विरोध असम्भव_fororder_冬奥1

पैचिङ हिउँदे ओलम्पिक खेलकूद २०२२ को विभिन्न तयारी कार्य सुचारू रूपमा चलिरहेको छ साथै विविध मुलुकका खेलाडीहरूले सो खेलका लागि अभ्यास पनि गरिरहेका छन्। तापनि ४ वर्षमा एक पटक आयोजना हुने सो भव्य खेलकूद समारोह सम्बद्ध केही बेमेल आवाज उठेको देखिन्छ। हालै अमेरिका लगायत पश्चिमा मुलुकका केही राजनैतिज्ञले कूटनैतिक तवरबाट पैचिङ ओलम्पिक खेलकूदको विरोध गर्न आवाज उठाइरहेका छन्। उनीहरूले भनेको कथित कूटनैतिक तरिका पैचिङ ओलम्पिक खेलकूदमा सरकारी पदाधिकारीको सहभागिता नरहने हो, खेलाडीहरूलाई भाग नलिन माग गरेको भने होइन।

कूटनैतिक तरिकामार्फत् पैचिङ ओलम्पिकको विरोध असम्भव_fororder_冬奥3

सत्य के हो भने ती राजनैतिज्ञहरूलाई पैचिङ ओलम्पिक खेलकूदमा भाग लिनकालागि चीनले कहिल्यै पनि निमन्त्रणा दिएको छैन र हाल पनि निमन्त्रणा दिने योजना छैन। चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता वाङ वनपिनले यसरी व्याख्या गरेका छन्, ‘पैचिङ ओलम्पिक खेलकूद समारोह विश्वमा हिउँदे ओलम्पिक खेलका खेलाडीहरू र खेल प्रेमीहरूको लागि एउटा भव्य समारोह हो। खेलाडी नै यस समारोहका मुख्य पात्रहरू हुन् भन्ने कुरामा सबै सहमत छन्। ओलम्पिक खेलकूद समारोहको सफलता हिउँदे खेलका सपरिवारको साझा प्रयासमा भर पर्दछ, केही मुलुकका पदाधिकारीको सहभागितासँग सम्बन्धित छैन।’

कूटनैतिक तरिकामार्फत् पैचिङ ओलम्पिकको विरोध असम्भव_fororder_冬奥2

अन्तर्राष्ट्रिय ओलम्पिक खेलकूद समितिका अध्यक्ष बाहले भन्नुभए जस्तै, ‘कोरोना महामारी संकटबाट स्पष्ट रूपमा के प्रष्ट्याइएको छ भने खेलकूद नै सबै मुलुकहरूले पुनरूत्थान गर्दा सबैभन्दा कम खर्चिलो र ठूलो प्रभाव पार्नसकिने साधन हो।’ पैचिङ हिउँदे ओलम्पिक खेलकूदको सफलता खेलाडीहरूको उत्तम प्रदर्शन तथा ओलम्पिक भावनाबाट निश्चित गरिन्छ। खेलकूद समारोहलाई राजनीतिकरण गरिने गतिविधि ओलम्पिक भावनासँग विपरित भएकोले पैचिङ ओलम्पिक खेलकूदको मौका पारेर राजनैतिक हेरफेर गर्न खोजेका सबै गतिविधिले अन्तर्राष्ट्रिय समाजबाट विरोध तथा निन्दा पाउने शंका छैन।

कूटनैतिक तरिकामार्फत् पैचिङ ओलम्पिकको विरोध असम्भव_fororder_捕获manali.JPG

यस्तो गतिविधिको विरोध गर्दै नेपाल कम्युनिष्ट पार्टी मालेका महासचिव सीपी मैनालीले भन्नुभएको छ, ‘खेलकूद राजनीतिसँग सम्बन्धित छैन यो नै अन्तर्राष्ट्रिय क्षेत्रमा भएको मतैक्य हो। पैचिङ ओलम्पिक खेलकूद समारोहको आयोजना चीन एउटै मुलुकको लागि मात्र होइन खेलकूदको तरिकामार्फत् सम्पूर्ण विश्वका जनता बीचको मित्रतालाई बढाउने उद्देश्य हुन्छ। नेपालले पैचिङ हिउँदे ओलम्पिकको विरोध गरेको छैन यसको उल्टो नेपाली खेलाडीहरूले सो समारोहमा भाग लिन प्रोत्साहन गरिरहेको छ।’

कूटनैतिक तरिकामार्फत् पैचिङ ओलम्पिकको विरोध असम्भव_fororder_冬奥4

यसबाहेक, रूसी राष्ट्रपति भ्लादिमिर पुटिन लगायत धेरै मुलुकका नेतागणले पनि पैचिङ हिउँदे ओलम्पिक खेलकूद समारोहको समर्थन गर्नुभएको छ।

पैचिङ हिउँदे ओलम्पिक संयोजन समितिको तथ्याङ्क अनुसार, सन् २०२१को नोभेम्बरसम्म यूरोप, अमेरिका, अस्ट्रेलिया लगायतका मुलुकहरूका ओलम्पिक समितिले १४ हजार वटा दर्ता आवेदन दिइसकेका छन् तीमध्ये अमेरिकी ओलम्पिक समितिले मात्रै १५२८ वटा आवेदन दिएको छ।

कूटनैतिक तरिकामार्फत् पैचिङ ओलम्पिकको विरोध असम्भव_fororder_冬奥5

पैचिङ हिउँदे ओलम्पिक खेलकूद समारोहको लागि अब ६०-६५ दिन मात्र बाँकी छ। सो समारोहमा विभिन्न मुलुकका खेलाडीहरूले आफ्नो खेलकूद क्षमता देखाउने छन्। पैचिङ हिउँदे ओलम्पिक खेलकूद समारोहबाट विश्वसमक्ष अविस्मरणीय ओलम्पिक खेल देखाउने विश्वास छ।