सीद्वारा कम्बोडियाका पूर्वप्रधानमन्त्रीको निधनप्रति समवेदना सन्देश
2021-12-01 19:00:09cri
Share with:

चीनका राष्ट्राध्यक्ष सी चिनफिङले डिसेम्बर १ तारिख कम्बोडियाका पूर्व प्रधानमन्त्री नरोदम रानारिद्धको निधन भएकामा कम्बोडियाका राजा नरोदम सिहामोनीलाई संवेदना सन्देश पठाउनुभएको छ।

सी चिनफिङले नरोदम रानारिद्ध कम्बोडिया राजकीय परिवारको महत्वपूर्ण सदस्य हुनुहुन्थ्यो र चिनियाँ जनताको घनिष्ठ मित्र पनि हुनुहुन्थ्यो भन्दै चीन-कम्बोडिया सम्बन्धको विकासलाई सक्रिय योगदान गर्नुभएको समवेदना सन्देशमा व्यक्त गर्नुभएको छ। आफूले चीन-कम्बोडिया परम्परागत मित्रको विकासमा उच्च ध्यान दिनुका साथै आपसमा मिलेर दुई देशका जनताबीचको मित्रतालाई गहन पारी चीन-कम्बोडिया भाग्य समुदायको निर्माण प्रवर्द्धन गर्ने इच्छा लिएको सन्दशेमा सी चिनफिङले उल्लेख गर्नु भएको छ।