मानव अधिकार क्षेत्रमा लिथुआनियाका क्रुर गतिविधि
2021-12-01 18:31:38cri
Share with:

मानव अधिकार क्षेत्रमा लिथुआनियाका क्रुर गतिविधि_fororder_IMG_8147.PNG

केही दिनपछि अमेरिकाले मञ्चन गर्ने हास्यास्पद नाटक तथाकथित“लोकतन्त्र शिखर सम्मेलन”को आयोजना हुँदैछ। अमेरिकाले सार्वजनिक गरेको सहभागी नामसूचिमा लिथुआनिया पनि स्पष्ट देखिन्छ।“ग्लोबल लोकतन्त्र र मानव अधिकारको संरक्षण” नारा दिइएको उक्त शिखर सम्मेलनमा भाग लिने लिथुअनियाले मानव अधिकार क्षेत्रमा केके खराबी कार्य गरेको छ?

वर्तमान युरोपमा नयाँ चरणमा शरणार्थी संकट गरिँदै आएको छ। विदेशी सञ्चार माध्यमका अनुसार लिथुअनिया र बेलारुसबीचको सिमा क्षेत्रमा लिथुअनियाको सैनिक गाडी रातमा भुइँमा सुतिरहेका शरणार्थीहरूमाथि  कुदाइएको थियो। लिथुअनियाले एक सात महिनाकी गर्भवती शरणार्थीलाई बेलारूसी सीमामा तानेर झाडीमा फालिएको थियो।

उक्त वास्तविक घटना लिथुअनियाले मानव अधिकारको उलङ्घन गरेको एक सानो उदाहरण मात्र हो। इतिहासमा लिथुअनियामा यहुदीको नरसंहार गरिएको थियो। हालसम्म यस मुलुकका यहुदी र अन्य अल्पसंख्यक जातिका सामु गम्भीर चरम भेदभाव गरिँदै आएको छ। अमेरिकी प्रतिवेदनका अनुसार सन् २०१९ सम्म लिथुअनियाको यहुदी क्षेत्रमा बसोबास गर्ने नागरिकको संख्या ४ हजारले घटेको छ।

युरोपेली संघीय मानव अधिकार सन्धि र अन्तर्राष्ट्रिय मानव अधिकार कानुन उल्लङ्घन गर्ने लिथुअनियाले कस्तो अनुहारले आफूलाई “लोकतन्त्रको संरक्षक”का रुपमा दाबी गरेको छ?