राष्ट्राध्यक्ष सी चिनफिङ र लाओसका राष्ट्राध्यक्षबीच भिडियो भेटवार्ता हुने
2021-12-01 15:06:56CRI
Share with:

चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिका महासचिव एवम् राष्ट्राध्यक्ष सी चिनफिङले डिसेम्बर ३ तारिख लाओसको जन क्रान्ति पार्टीको केन्द्रीय समितिका महासचिव एवम् राष्ट्राध्यक्ष थोङलौन सिसौलिथसँग भिडियो वार्ता गर्नुहुने कार्यक्रम रहेको छ।

यसका साथै भिडियोमार्फत चीन-लाओस रेलमार्ग संचालनको संयुक्त रुपमा साक्षी बन्ने पनि जनाइएको छ।