चीन अफ्रिकाबीचको सम्बन्धको विकास दिशाका लागि योजना तर्जुमा गर्ने
2021-12-02 14:28:43cri
Share with:

चीन अफ्रिकाबीचको सम्बन्धको विकास दिशाका लागि योजना तर्जुमा गर्ने_fororder_1

“चीन अफ्रिका साझेदारी सहयोगलाई गहन पार्दै दिगो विकासको प्रवर्द्धन र नयाँ युगको चीन-अफ्रिका भाग्य समुदायको निर्माण”मुख्य विषय लिएको चीन-अफ्रिका सहयोग मञ्चको आठौँ मन्त्रीस्तरीय बैठक नोभेम्बर २९ तारिखदेखि ३० तारिखसम्म डकारको राजधानी सेनेगलमा आयोजना हुँदैछ। यस बैठकले सन् २०१८ चीन अफ्रिका सहयोग मञ्चको पैचिङ्ग शिखर सम्मेलनपछिको उपलब्धिलाई व्यवहारमा उतार्दै चीन अफ्रिकाद्वारा महामारीको संयुक्त प्रतिरोध गर्ने अवस्थाको मूल्याङकन गर्नेछ। यसका साथै आउने तीन वर्ष र दीर्घकाली चीन अफ्रिकाबीचको सम्बन्धको विकास दिशाका लागि योजना तर्जुमा गर्नेछ। 

सन् २०१८ मा आयोजना भएको चीन अफ्रिका सहयोग मञ्चको पैचिङ्ग शिखर सम्मेलनले उद्योग,पूर्वाधार र पारस्परिक सम्पर्कको प्रवर्द्धन गर्दै “आठ ठूला कार्वाही” प्रस्तात गरेको थियो। तीन वर्षयता यी आठ ठूला कार्वाहीको प्रभाव कस्तो रह्यो? हाल केही वर्षयता चीनले सक्रिय रुपमा अफ्रिकाबाट आयातित कृषि उत्पादित बस्तुलाई विस्तार गर्दै आएको छ। चीन अफ्रिका आर्थिक तथा व्यापारिक प्रदर्शनी, चिनियाँ अन्तर्राष्ट्रिय आयात एक्स्पो आदि मञ्चहरुबाट झन बढी अफ्रिकी उत्पादित बस्तु विशेष गरी कृषि उत्पादन बस्तु क्रमशः चीनमा प्रवेश गर्दैछन्।

गत फेब्रअरी १० तारिख चीनले अफ्रिकालाई उद्धार गर्ने पहिलो चरणको नयाँ कोरोना भाइरस खोप गिनीमा पठाएको थियो। चिनियाँ खोप लगाएपछि इक्वेडोरियल गिनीका राष्ट्रपति ओबिआङ्गले चिनियाँ खोपद्वारा अफ्रिकी जनताको ज्यान जोगाएको भन्दै उच्च मूल्याङ्कन गर्नुभएको थियो।

सन् २०२० को जुन महिनामा विश्वले नयाँ कोरोना भाइरस महामारीको प्रतिरोध गर्ने महत्वपूर्ण अवधिमा चीन अफ्रिकाबीच महामारी प्रतिरोध विशेष शिखर सम्मेलन सफलताका साथ आयोजना गरेको थियो। सो सम्मेलनमा चीनले अफ्रिकाका लागि उद्धार,ऋण मिनाहा,काम तथा उत्पादन पुन: सुरु सम्बन्धी शृङ्खलाबद्ध कदमहरु सार्वजनिक गरेको थियो। हालसम्म चीनले अफ्रिकाका ५३ मुलुक र अफ्रिकी संघलाई १२० चरणमा आकस्मिक महामारी प्रतिरोध उद्धार सामग्री प्रदान गरेको छ। साथै १७ अफ्रिकी मुलुकलाई महामारी प्रतिरोध चिकित्सा विशेषज्ञ टोली पठाइसकेको छ। चिनियाँ परराष्ट्र मन्त्रालयका अफ्रिकी विभागका प्रमुख ऊ फङका अनुसार चीनले“खोपलाई विश्वव्यापी सार्वजनिक सामग्री”बनाउने बचनबद्धतालाई खास तथा प्रभावकारी रुपमा व्यवहारमा उतारिरहेको छ। हालसम्म चीनले अफ्रिकाका लागि २० करोड खोप प्रदान गर्नुका साथै अफ्रिकी व्यवसायसँग नयाँ कोरोना भाइरस खोपको संयुक्त उत्पादन गर्ने सहयोग सुरु गरेको छ।

सन् २००० स्थापना भएदेखि यता चीन र अफ्रिका सहयोग मञ्च यी दुबै पक्षबीच सामूहिक वार्ता र प्रभावकारी सहयोग गराउने प्रभावकारी संयन्त्र बनेको छ। वर्तमान विश्वका सामु ऐतिहासिक ठूलो परिवर्तन देखा परेको छ। विश्वको एक तिहाई जनसंख्यासित सम्बन्धित चीन अफ्रिका सहयोगको स्वास्थ्य विकास विश्वव्यापी बहुपक्षीय सहयोगलाई प्रवर्द्धन गर्ने एक शक्ति बनेको छ।