चीन-लाओस रेलमार्ग सञ्चालन हुँदै
2021-12-02 16:28:24CRI
Share with:

पाँच वर्षदेखिको निर्माणपछि चीन-लाओस रेलमार्ग डिसेम्बर ३ तारिखदेखि  सञ्चालनमा आउने भएको छ। यो रेलमार्ग चीनको युननान प्रान्तीय खुनमिङ शहर र लाओसको राजधानी भेन्टियान जोड्ने आधुनिक रेलमार्ग हो। साथै यो रेलमार्ग दुई देशबीचको उच्च गुणस्तरीय “बेल्ट एण्ड रोड” को नमूना कार्यक्रम पनि हो।  

३ तारिख चीनका राष्ट्राध्यक्ष सी चिनफिङ र लाओसको जन क्रान्ति पार्टीको केन्द्रीय समितिका महासचिव एवम् राष्ट्राध्यक्ष थोङलौन सिसौलिथबीच भिडियोमार्फत् भेट-वार्ता हुनेभएको छ। यसअघि, सन् २०२० को प्रारम्भमा चीनका राष्ट्राध्यक्ष सी चिनफिङले पैचिङमा लाओसका तत्कालीन प्रधानमन्त्री थोङलौन सिसौलिथसँग रेलमार्गलगायत ठूला सहयोगात्मक परियोजनाको कार्यन्वयनबारे वार्ता गर्नुभएको थियो।  

यो भिडियो वार्ताले चीन र लाओस भाग्य समुदायको निर्माणलाई रणनीतिक निर्देशन दिनुका साथै द्विपक्षीय सम्बन्धको दीर्घकालीन विकासमा बलियो शक्ति थप्ने चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता वाङ वनपिनले व्यक्त गर्नुभएको छ।