रेलमार्ग चाँडै नेपाल पुग्ने अपेक्षा, लहर बढ्दै
2021-12-03 14:29:11CRI
Share with:

रेलमार्ग चाँडै नेपाल पुग्ने अपेक्षा, लहर बढ्दै_fororder_IMG_2616(20211203-125104).JPG

बेल्ट एण्ड रोड निर्माणको प्रतीक परियोजना चीन-लाओस रेलमार्ग डिसेम्बर ३ तारिख संचालनमा आएको छ। चीनको युननान प्रान्तीय सदरमुकाम खुनमिङ र लाओसको राजधानी भेन्टियन जोडिने १०३५ किलोमिटर लामो यस रेलमार्गको संचालन लाओस रेलमार्ग ढुवानी युगमा प्रवेश भएको प्रतीक हो। पर्वतमाला र खोलानाला हुँदै जाने सो रेलमार्ग रूटमा १६७ वटा सुरूङ तथा ३०१ वटा पुलको निर्माण गरिएको छ। साथै सो परियोजनाबाट १.१ लाख लाओसबासीहरूले रोजगारी पाएका छन्।