#समाचार सन्दर्भ# लोकतन्त्र अमेरिकाको मास्क मात्र हो
2021-12-03 17:08:58CRI
Share with:

#समाचार सन्दर्भ# लोकतन्त्र अमेरिकाको मास्क मात्र हो_fororder_02

लोकतन्त्र भनेको के हो? सरल रूपमा भन्दा जनताको व्यवस्था हो, अर्थात समस्त जनतालाई देशका विभिन्न क्षेत्रका ठूला साना कुरामा छलफल र निर्णयमा संलग्न गराएर देश र जनताको साझा विकास हुनु हो।

तर एक क्षेत्रको लोकतन्त्र यस्तो नै हो।

#समाचार सन्दर्भ# लोकतन्त्र अमेरिकाको मास्क मात्र हो_fororder_03

त्यहाँका हरेक जनताको हातमा एक मत छ अनि देशका शीर्ष नेताले प्रत्यक्ष निर्णय गर्नसक्छ। तर उक्त मत पूँजी समूहबाट सिफारिस गरिने उम्मेदवारलाई मात्र प्रदान गर्न सकिन्छ। मन परोस वा नपरोस दुई जनाबीच एक छनौट गर्नैगर्छ। कुनै पनि विकल्प उनीहरुसँग रहँदैन। उक्त लोकतन्त्र प्रकृया अल्पसंख्यक कुलीन वर्गको सहयोगमा भएकाले निर्वाचनबाट स्थापित सरकारले कुलीन वर्गलाई समर्थन गर्छ त्यही भएर पुँजीतन्त्र वा कुलिनतन्त्र भनिएको हो। कुलिनहरूले पुँजीका लागि कुस्ती गरिरहन्छन् तर लोकतन्त्रको मुख्य तत्वको रूपमा रहेका जनताको हातमा नराम्रो परिणाम मात्र प्राप्त हुन्छ। गम्भीर हुँदैआएको धनी र गरिबबीचको खाडल, जातीय विभेद, सामाजिक अन्याय, क्यापिटल हिल गतिबिधि, महामारीबाट मृतक संख्या शीर्ष स्थानमा रहेको आदि विषय नै अमेरिकी तथाकथित लोकतन्त्रको प्रतिबिम्ब हो।

#समाचार सन्दर्भ# लोकतन्त्र अमेरिकाको मास्क मात्र हो_fororder_04

तर त्यस्तो लोकतन्त्र मुलुकका आँखामा लोकतन्त्रको आफ्नै एक मात्र तरिका मात्र छ अनि विश्वव्यवापी जबरजस्ती रूपमा निर्यात गरिरहेको छ। जसले यो गतिबिधि चलाइरहेको छ तर आफैँ चाहिँ लोकतान्त्रिक छैन। अफ्गानिस्तान, इराक, सिरिया हेर्नोस्। जहाँ अमेरिका पुगेकाो छ त्यहाँ कुनै लोकतन्त्र देखिँदैन बरु जनपीडा मात्र देखिन्छ।

कुनै शंका छैन, यो मुलुक अमेरिका नै हो। पियु अनुसन्धान केन्द्रले हालै १७ वटा मुलुकमा गरेको जनमतका अनुसार, लगभग ५७ प्रतिशत उत्तरदाताको विचारमा केही वर्षयता अमेरिकी लोकतन्त्र असल नमूना होइन। अरू २३ प्रतिशतले त कहिल्यै थिएन र होइन भन्ने जवाफ दिएका छन्।

#समाचार सन्दर्भ# लोकतन्त्र अमेरिकाको मास्क मात्र हो_fororder_05

आफ्नो लोकतन्त्र एम्पायर स्टेट बिल्डिंग पतन हुनलागेको हेर्दा अमेरिकाले तथाकथित लोकतन्त्र शिखर सम्मेलनको आयोजना गरेको छ भने लोकतन्त्रको नाममा प्रभूत्व लाध्ने काम गरेको छ। लोकतन्त्र शिखर सम्मेलन त्यस्तो हुनुपर्छ जहाँ विश्वका विभिन्न क्षेत्रका मुख्य मुलुकहरू संलग्न हुनुपर्छ अनि संयुक्त रूपमा लोकतन्त्रलाई अरू बढाएर अझ प्रशस्त लोकतान्त्रिक तरिकाको रचना गर्न छलफल गर्नुपर्छ। तर नामावलीबाट हेर्दा उक्त सम्मेलनबाट चीन र रूसलाई विरोध गर्न र अमेरिकाको आज्ञाकारी मुलुकलाई उपदेश मात्र समावेश गरेको स्पष्ट देखिएको छ। जस्तो भनौँ, एमसीसी अस्वीकार गरेको मुलुक श्रीलंका। स्पष्ट रूपमा एमसीसी अस्वीकार नगरेको नेपाललाई निमन्त्रणा गरिएको छ। जसबाट नेपालको सतर्कता र असन्तुष्टि देखिएको छ। नेपालको झिल्को वेभसाइटले एउटा लेखमा भनिएको छ, अमेरिकाको लोकतन्त्र शिखर सम्मेलनले संसारलाई विभाजित गरी चीन र रूसलगायत केही मुलुकलाई विश्वबाट अलग गर्न खोजेको छ, उक्त सम्मेलनमा संलग्न हुनु नै नेपाललाई आगोमा हाले बराबर हो।

स्पष्ट देखिन्छ कि लोकतन्त्रका लागि आयोजित उक्त सम्मेलन नै कुनै पनि दृष्टिकोणमा लोकतान्त्रिक छैन। फेरि एक पटक प्रमाणित भएको छ कि लोकतन्त्र नै अमेरिकाले बनाएको मास्क मात्रै हो।

#समाचार सन्दर्भ# लोकतन्त्र अमेरिकाको मास्क मात्र हो_fororder_01

लोकतन्त्र, हामीले जति उसलाई अँगालो हाल्न मन पराउँछौँ अमेरिकाले त्यति उसको स्वार्थका लागि प्रयोग गर्न मन पराउँछ। तथाकथित लोकतन्त्र शिखर सम्मेलन नै अमेरिकाले बनाएको अर्को मास्क मात्र हो।