चाइना मिडिया ग्रुपअन्तर्गत सीजीटीएन र ल्याटिन अमेरीका क्षेत्रका सञ्चार-माध्यमहरूबीच“चीन-ल्याटिन अमेरीका सञ्चार-माध्यमहरूको सहकार्य”प्रस्ताव संयुक्त रुपमा सार्वजनिक
2021-12-03 10:19:53CRI
Share with:

चाइना मिडिया ग्रुपअन्तर्गत सीजीटीएन र ल्याटिन अमेरीका क्षेत्रका सञ्चार-माध्यमहरूबीच“चीन-ल्याटिन अमेरीका सञ्चार-माध्यमहरूको सहकार्य”प्रस्ताव संयुक्त रुपमा सार्वजनिक_fororder_拉美2

चीन-ल्याटिन अमेरीका र क्यारिबियन मुलुक समूह मञ्च अर्थात् चीन-सीईएलएसी मञ्चका मन्त्रीहरूको तेस्रो सम्मेलनको आयोजनाको अवसरमा डिसेम्बर २ तारिख चाइना मिडिया ग्रुपअन्तर्गत सीजीटीएनले ल्याटिन अमेरिका क्षेत्रका तीस वटाभन्दा बढी सञ्चार-माध्यमहरूसँग “चीन-ल्याटिन अमेरिका सञ्चार-माध्यमहरूको सहकार्य” प्रस्ताव संयुक्त रुपमा सार्वजनिक गरेको छ। चीन र ल्याटिन अमेरिकाका सञ्चार-माध्यमहरूले चौतर्फी रुपमा सहकार्यलाई सबल पार्ने छन्।

चाइना मिडिया ग्रुपअन्तर्गत सीजीटीएन र ल्याटिन अमेरीका क्षेत्रका सञ्चार-माध्यमहरूबीच“चीन-ल्याटिन अमेरीका सञ्चार-माध्यमहरूको सहकार्य”प्रस्ताव संयुक्त रुपमा सार्वजनिक_fororder_拉美1

चाइना मिडिया ग्रुपका महानिर्देशक शन हाईस्युङले भिडियो सम्बोधन गर्दै राष्ट्राध्यक्ष सी चिनफिङले सन् २०१६ मा चीन-ल्याटिन अमेरिका सञ्चार-माध्यमका शिखर सम्मेलनको उद्घाटन समारोहमा सञ्चार-माध्यमहरूबीचको आदान-प्रदान चीन र ल्याटिन अमेरिकाबीचको सम्बन्धको महत्वपूर्ण भाग रहेको र दुई पक्षका सञ्चार-माध्यमहरूले चीन र ल्याटिन अमेरिकाका जनताबीचको मित्रतालाई निरन्तरता दिँदै विकासको क्षेत्रमा ठूलो भूमिका निर्वाह गर्नसक्ने बताउनुभएको थियो। साथै महानिर्देशक शनले चाइना मिडिया ग्रुपले ल्याटिन अमेरिकाका सञ्चार-माध्यमहरूसँग आदान-प्रदान र सहकार्यलाई विस्तार गर्ने र चीन र ल्याटिन अमेरिकाको सम्बन्धको विकासका लागि योगदान दिने बताउनुभयो।

चाइना मिडिया ग्रुपअन्तर्गत सीजीटीएन र ल्याटिन अमेरीका क्षेत्रका सञ्चार-माध्यमहरूबीच“चीन-ल्याटिन अमेरीका सञ्चार-माध्यमहरूको सहकार्य”प्रस्ताव संयुक्त रुपमा सार्वजनिक_fororder_拉美4

चीन-सीईएलएसी मञ्चका मन्त्रीहरूको तेस्रो सम्मेलनको अवसरमा सीजीटीएनको स्पेनिस च्यानलले “चीन-ल्याटिन अमेरिका सञ्चार-माध्यम सहकार्य” शीर्षकको विशेष कार्यक्रम प्रस्तुत गर्ने छ।

चाइना मिडिया ग्रुपअन्तर्गत सीजीटीएन र ल्याटिन अमेरीका क्षेत्रका सञ्चार-माध्यमहरूबीच“चीन-ल्याटिन अमेरीका सञ्चार-माध्यमहरूको सहकार्य”प्रस्ताव संयुक्त रुपमा सार्वजनिक_fororder_拉美3