चिनियाँ तिब्र गति रेलमार्गः सपना पूरा माध्यम
2021-12-04 16:13:20cri
Share with:

 

चिनियाँ तिब्र गति रेलमार्गः सपना पूरा माध्यम_fororder_IMG_8177(20211204-161109).JPG

“यदि यो रेलमार्ग थिएन भने मसँग लाओसबाट बाहिर जाने विचार हुने थिएन। अब तुरुन्तै रेल चढेर म बाहिर जान सक्छु।” चीन लाओस रेलमार्ग निर्माण परियोजनामा भाग लिएका लाओस अनुवादक कान्सुको भनाइ हो यो।

पैचिङ समयअनुसार डिसेम्बर ३ तारिख अपराह्न ४ बजेर ४४ मिनेटजाँदा चीन र लाओसका दुई नेताहरुले भिडियोमार्फत आदेश दिँदै चीन लाओस रेलमार्ग ‌औपचारिक उद्घाटन गर्नु भएको छ। जसबाट कान्सु जस्तै धेरैजसो लाओसका जनताले बाहिर जाने अवसर पाएका छन्।

चीन लाओस रेलमार्ग निर्माण परियोजना बेल्ट एण्ड रोड निर्णय प्रस्तावले लाओसका जनतालाई दिएको मूल्यवान उपहार हो। यसअघि लाओसमा केवल थाइल्याण्डसित जोड्ने ३.५ किलोमिटर रेलमार्ग मात्रै थियो। पाँच वर्षमा निर्माण पार गरी १०३५ किलोमिटर लम्बाईको चीन लाओस रेलमार्ग सञ्चालनमा आएको छ। लाओसको राजधानी भेन्टियानबाट चीन लाओसबीचको सिमा क्षेत्रसम्मको यात्रा दुई दिनबाट ३ घण्टामा झरेको छ। लाओस रेलमार्गको युगमा प्रवेश गरेको छ।

चिनियाँ तिब्र गति रेलमार्गः सपना पूरा माध्यम_fororder_IMG_8178(20211204-161113).JPG

धनी बन्नुअघि बाटो निर्माण हुनुपर्छ। चीन लाओस रेलमार्ग स्थानीय बासिन्दाको जीवनको सुधार र आर्थिक विकासका लागि महत्वपूर्ण भावार्थ रहेको छ। यो असीमित विकास अवसर सिर्जना गर्ने रेलमार्ग हुनेछ। जनताको यात्रालाई सुविधा दिने मात्र नभइ सम्बन्धित तटवर्ती क्षेत्रको पर्यटन,कृषि,जलस्रोतको विकास र शहरीकरणको निर्माणलाई प्रवर्द्धन गर्ने छ। साथै यो रेलर्माग आशा रोप्ने बाटो पनि हो। सन् २०१६ मा सुरु भएको चीन लाओस रेलमार्गले हालसम्म जम्मा ५००० भन्दा बढी स्थानीय बासिन्दालाई काममा स्वागत गरेको छ। धेरैजसो लाओस युवाले पहाडी क्षेत्रबाट बाहिर गएर उत्कृष्ट प्रविधि र ज्ञान सिकेका छन्।

चीन लाओस रेलमार्ग बेल्ट एण्ड रोड निर्णय प्रस्ताव र सम्बन्धित तटवर्ती मुलुकबीच विकास रणनीतिक सम्पर्क र साझा हित तथा फाइदा साकार तुल्याएको अर्को जिवन्त नमूना हो।  बेल्ट एण्ड रोड निर्णय प्रस्ताव प्रस्तुत भएको आठ वर्षयता चीनले १४२ मुलुक,३२ अन्तर्राष्ट्रिय संगठनसँग २०० भन्दा बढी सहयोगात्मक दस्तावेज हस्ताक्षर गरेको छ। इजिप्ट-चीन चेम्बर अफ कमर्सका महासचिव दिआ हेल्मीका अनुसार बेल्ट एण्ड रोड निर्णय प्रस्तावले सम्बन्धित तटवर्ती मुलुकलाई खास तथा प्रभावकारी लाभ दिँदै सो क्षेत्रको पूर्वाधार प्रबन्धको निर्माण र आधुनिक विकासका लागि महत्वपूर्ण योगदान सिर्जना गरेको छ।

भविष्यमा चिनियाँ तिब्र गतिको रेलले अझ बढी विदेशीहरुलाई बाहिर जान सहयोग दिनेछ। किनभने बेल्ट एण्ड रोड निर्णय प्रस्तावसँग साझा विकासको प्रवर्द्धन गर्दै झन बढी जनताका लागि सुन्दर जीवन सिर्जना गर्ने लक्ष्य छ।