सीद्वारा सीसीएफ तेस्रो मन्त्रीस्तरीय सम्मेलनलाई सम्बोधन
2021-12-04 15:45:49cri
Share with:

डिसेम्बर ३ तारिख चीनका राष्ट्राध्यक्ष सी चिनफिङले चीन-ल्याटिन अमेरिकी र क्यारिबियन राज्य समुदाय मञ्चको तेस्रो मन्त्री स्तरीय सम्मेलनलाई भिडियोमार्फत सम्बोधन गर्नुभएको छ।

सी चिनफिङले चीन-ल्याटिन अमेरिकी र क्यारिबियन राज्य समुदाय मञ्च स्थापना भएको ७ वर्षयता दुई पक्षले एकताबद्ध भएर सहयोग गरी मञ्चलाई आपसी हितयुक्त प्लेटफर्मको रूपमा बनाउनुका साथै चीन-ल्याटिन अमेरिकी र क्यारिबियन राज्य सम्बन्धलाई समान, आपसी हितयुक्त, खुला, जनतालाई फाइदा पुग्ने नयाँ युगमा पुर्‍याएको उल्लेख गर्नुभयो।

सी चिनफिङले शान्तिपूर्ण विकास, न्याय र निष्पक्ष, सहयोग गरी फाइदा पाउनु नै उचित विकास उपाय हो भन्ने कुरा इतिहासले हामीलाई सिकाएको भन्दै हामीले चीन-ल्याटिन अमेरिकी र क्यारिबियन राज्य सहयोगलाई शक्ति बढाएर चीन-ल्याटिन अमेरिकी र क्यारिबियन राज्य जनताको फाइदा र मानवजातिको विकास कार्यलाई नयाँ योगदान गरौँ भन्ने कुरा व्यक्त गर्नुभयो।