खास तथा राम्रो लोकतन्त्र के हो?चीनको लोकतन्त्र हेर्नुहोस
2021-12-04 20:08:58cri
Share with:

खास तथा राम्रो लोकतन्त्र के हो?चीनको लोकतन्त्र हेर्नुहोस_fororder_IMG_8213.PNG

“मैले चीनका धेरै भूभागको निरीक्षण गर्ने अवसर पाएँ। धेरै गाउँमा किसानले बेन्च लिएर गाउँको केन्द्र भागमा रहेको रुखमुनि बसेर गाउँको विकासका लागि छलफल गरेको द्दश्य देखेँ। सामान्य रुपमा उक्त छलफल तीव्र बहसबाट हात मिलाएर खुशीको अन्त्यसम्म भएको देखिन्छ।”यो बेलायतको बाथ शहरका उपमेयर युक्तेश्वर कुमारले चीनको लोकतन्त्रको मूल्याङ्कन गर्दै बताउनुभएको हो।

चीन सरकारले डिसेम्बर ४ तारिख चीनको लोकतन्त्र श्वेतपत्र सार्वजनिक गर्दा उपमेयर युक्तेश्वरले भनेको आधारभूत तहको लोकतान्त्रिक शैलीमा जोड दिनुका साथै चीनको लोकतान्त्रिक विचार,प्रणालीगत रुपरेखा र सफल अभ्यासको चौतर्फी जानकारी पाइन्छ।

जनता देशका मालिक हुन् भन्नु नै चिनियाँ लोकतन्त्रको आधार हो। उदाहरणका लागि निर्वाचनमा चीनका विभिन्न स्तरीय जन काँग्रेस प्रतिनिधिको निर्वाचनले प्रत्यक्ष निर्वाचन र अप्रत्यक्ष निर्वाचन मिलाइएको तरिका लागू हुन्छ। सबभन्दा ठूलो अनुपात गाउँ तथा जिल्ला स्तरीय जन काँग्रेस प्रतिनिधि सबै मतदाताद्वारा निर्वाचित हुन्छन्। एक अर्बभन्दा बढी चिनियाँ मतदाताहरुले उक्त निर्वाचनमा भाग लिन्छन्।

खास तथा राम्रो लोकतन्त्र के हो?चीनको लोकतन्त्र हेर्नुहोस_fororder_IMG_8214(20211204-191642).JPG

निर्णयको सम्बन्धमा चीनका सबै महत्वपूर्ण कानुनी निर्णय वैज्ञानिक र लोकतान्त्रिक माध्यमबाट हुने गर्छ। झन् बढी आधारभूत तहका आवाज विभिन्न स्तरका निर्णय बनाउने तहमा पुर्‍याइन्छ। झन् बढी जनमत सरकारको महत्वपूर्ण निर्णयसम्म परिवर्तन भएको छ। उदाहरणका लागि नयाँ कोरोना भाइरसको महामारीपछि एक चिनियाँ जन काँग्रेस प्रतिनिधिले नयाँ कोरोना भाइरस केस स्क्रिन गर्न कृत्रिम बुद्धिमत्ता फोक्सो सीटी प्रविधि प्रयोग गर्ने सुझाव दिएका थिए। उक्त सुझाव तुरुन्तै व्यवहारमा उतारिएको छ।

लोकतन्त्रसँग धेरै शैलीहरु छन्। चिनियाँ लोकतन्त्रको सफल अभ्यासबाट शक्तिशाली रुपमा प्रमाणित भएको छ कि पश्चिमी लोकतन्त्र मानव जातिको लोकतन्त्रको एउटै मात्र होइन। भविष्यमा चीनले निरन्तर रुपमा सम्पूर्ण प्रक्रिया जनताको लोकतन्त्रको विकास गर्नुकासाथै अन्तर्राष्ट्रिय सम्बन्धको लोकतन्त्रीकरणलाई प्रवर्द्धन गर्दै जानेछ।