“अमेरिकी लोकतन्त्र”का हानीहरु विश्वव्यापी रुपमा स्पष्ट देखिँदै
2021-12-05 20:43:13cri
Share with:

“अमेरिकी लोकतन्त्र”का हानीहरु विश्वव्यापी रुपमा स्पष्ट देखिँदै_fororder_IMG_8251(20211205-203959).JPG

अमेरिकाको लोकतान्त्रिक प्रणाली अमेरिका एक मुलुकले अभ्यास गरेको नतिजा हो। यो लोकतान्त्रिक प्रणाली अद्वितीय भएता पनि सार्वभौमिक छैन। चीनको परराष्ट्र मन्त्रालयले डीसेम्बर ५ तारिख अमेरिकी लोकतन्त्रको अवस्था नामक प्रतिवेदन सार्वजनिक गर्दै यस्तै टिप्पणी गरिएको छ।

सीएनएनले गत सेप्टेम्बरमा सार्वजनिक भएको जनमत सर्वेक्षणअनुसार ५६ प्रतिशत अमेरिकी नागरिकले अमेरिकी लोकतन्त्र आक्रमणमा भैरहेको ठहर लिएका थिए। पिउ अनुसन्धान केन्द्रले यस वर्ष गरेको एक सर्वेक्षणका अनुसार ७२ प्रतिशत अमेरिकीहरुले अमेरिका अन्य मुलुकले अनुकरण गर्न सक्ने "लोकतान्त्रिक मोडेल" नभएको विचार व्यक्त गरेका छन्।

स्पष्ट देखिन्छ: अमेरिकी लोकतन्त्रमा गम्भीर रोग लागेको छ। निकट दिनहरुमा आयोजना हुने तथाकथित लोकतन्त्र शिखर सम्मेलन झन बढी बेतुक देखिन्छ। अमेरिकी राजनीतिज्ञहरुले उक्त सम्मेलनलाई अवसरका रुपमा लिँदै अमेरिकी लोकतन्त्रको प्रभावित शक्तिलाई उकास्ने लक्ष्य राखेको छ। जसबाट दिन प्रतिदिन चर्कँदै गएको लोकतन्त्र अवस्थालाई विश्वसमक्ष अझ स्पष्ट देखाएको छ।