पैसामा आत्मसमर्पण गर्ने अमेरिकी शैलीको लोकतन्त्र कसरी साँचो लोकतन्त्र हुनसक्छ?
2021-12-07 16:28:32cri
Share with:

पैसामा आत्मसमर्पण गर्ने अमेरिकी शैलीको लोकतन्त्र कसरी साँचो लोकतन्त्र हुनसक्छ?_fororder_111

“अमेरिका धनी मान्छेबाट शासन गरिएको देश हो, लोकतान्त्रिक देश होइन।” सिंगापुरका विद्वान किशोर माह्बुबानीले यसरी टिप्पणी गर्नुभयो। वास्तवमा अमेरिकाको लोकतन्त्रले धनी मान्छे र पैसाको अधिकारलाई सेवा गर्ने कुरा कतै छिपेको छैन।

धेरै तथ्यले पुष्टि गरिसकेको छ, पैसा अमेरिकी राजनीतिको आमा हो। निर्वाचन, कानून र शासनको सबै क्रममा यसको प्रभाव चल्छ। अमेरिकी काँग्रेसमा ९१ प्रतिशत निर्वाचन सबैभन्दा बढी पूँजी भएका उम्मेदवारहरूबाट जितिएका छन्। अमेरिकी शैलीको लोकतन्त्र पूँजीद्वारा आधारित धनी मान्छेको खेल हो। अमेरिकी राजनीतिज्ञहरूले पैसामा आत्मसमर्पण गर्दा उनीहरूको अधिकार अवश्य नै अल्पसंख्यक धनीहरूको सेवा गर्नुपर्छ। जसले सर्वसाधारणका माग र फाइदाहरू पछाडि धकेलिएका छन्।

पैसामा आत्मसमर्पण गर्ने अमेरिकी शैलीको लोकतन्त्र कसरी साँचो लोकतन्त्र हुनसक्छ?_fororder_2222

सन् २०२० मा १६३ देशहरूका लागि एउटा प्रतिवेदन सार्वजनिक भएअनुसार, निकट दश वर्षमा अमेरिकालगायत तीन देशमा मात्र सामाजिक विकास सूचकांक घटेको छ। त्यसमध्ये अमेरिकाको समग्र सूचकांक सबैभन्दा बढी घटेको छ। अमेरिकामा महत्वपूर्ण मध्यम वर्गीय अनुपात क्रमशः कम बन्दैछ। लगभग २० वर्षमा अमेरिकी परिवारको सम्पति नबढेको प्रतिवेदनमा उल्लेख छ।

लगभग एक सय वर्षअघि अमेरिकी सर्वोच्च अदालतका न्यायाधीश ब्रान्डिसले भन्थे, “यो देशमा लोकतन्त्र छ वा यसको सम्पत्ति अल्पसंख्यक मान्छेको हातमा हुन्छ, यी दुई अवस्थामध्ये एक मात्र छनोट गर्न सकिन्छ।” हाल पैसा राजनीति अमेरिकी समाजको क्यान्सर बनेको छ। त्यसैले अमेरिका सरकारले लोकतान्त्रिक शिखर सम्मेलनको आयोजना गर्नु कति व्यंग्यात्मक कुरा हो।